मुख्य समाचार
निर्वाचनलाई लक्षित गर्दै बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले स्पष्ट निर्देशन जारी
निर्वाचनलाई लक्षित गर्दै बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले स्पष्ट निर्देशन जारी

: आसन्न फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले स्पष्ट निर्देशन जारी गरेको छ ।

फागुन २१ गते २०८२ मा हुने निर्वाचनलाई स्वच्छ, मर्यादित र बालमैत्री बनाउन प्रशासनले सबै पक्षलाई सचेत गराएको हो । सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक–शारीरिक शोषणबाट टाढा राख्नु राज्य, राजनीतिक दल र समाजको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन् ।


विज्ञप्तिमा नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताले समेत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको स्पष्ट पारिएको छ । प्रशासनले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई चुनावी सभा, जुलुस, प्रचारप्रसार लगायतका गतिविधिमा बालबालिकाको प्रयोग नगर्न विशेष आग्रह गर्दै निर्वाचन प्रक्रियालाई कानुनसम्मत र सभ्य बनाउन सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— प्रचारप्रसार गर्न घरदैलो अभियान संचालनका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। रोल्पास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार पुनमाथि विद्यालय परिसरमा चुनावी कार्यक्रम संचालन गरेको आरोप लागेको हो। चुनाव प्रचारप्रसार गर्न विद्यालय हाताभित्र बाजागाजा बजाएर नाचगान समेत गरेको पुनमाथि ...
— इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच झगडा हुँदा बहिनीको ज्यान गएको छ । घरायसी विवादका कारण २९ वर्षीया अञ्जली चेम्जोङ राई र उनका काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच झगडा हुँदा बहिनी अञ्जलीको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो १ बजे दिदीबहिनीबीच झगडा भएको थियो । विवाद चर्केर कपाल लुछालुछ हुँदा ...
— प्रहरीले निर्वाचन विरोधी पोस्टर टाँस्दै गरेका एक युवकलाई वीरगन्जबाट पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका-१६ भन्सार क्षेत्रमा बस्ने २० वर्षीय विधान पुलामी मगरलाई शुक्रबार नियन्त्रणमा लिएको हो । मगरले सार्वजनिक स्थानमा निर्वाचन विरोधी सामग्री टाँसेर वातावरण बिथोल्ने प्रयास गरेको सूचनाका ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाहरू मतदानको आधार नबन्ने स्पष्ट पारेको छ। शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमा देखिएका प्रतिक्रिया र चुनाबी आकलनले मतदानको आधार नबन्ने र वास्तविक विश्वास मतपत्रबाट देखिने बताए। उनले जनताको निर्णय नै शासनको वैधताको आधार हो भन्ने कुरामा कांग्रेसले पूर्णतः विश्वास राख्ने धारणा राखे। प्रवक्ता ...
ओलीलाई किन दिने मत ? एमालेले अघि सार्‍यो ३५ कारण