— हेटौंडा उपमहानगरापलिका–५ पिप्लेस्थित कान्ति लोकपथ सडक खण्डमा ट्रकसित ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार राति सडक छेउमा पार्किङ गरिएको ना ५ ख १८६१ नम्बरको फलामे रड लोड भएको ट्रकमा सानोपोखराबाट पिप्लेतर्फ जाँदै गरेको ना २९ प ७०७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलका चालक हेटौंडा–५ पिप्ले ढुंगेधाराका ३५ वर्षीय सुवास थिङको मृत्यु हो ।
ट्रकमा ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक थिङको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।