मुख्य समाचार
नेपाली खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा खेलको प्रदर्शनमा असर पर्ने गरेको
नेपाली खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा खेलको प्रदर्शनमा असर पर्ने गरेको

: नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक स्टुअर्ट लले नेपाली खेलाडीहरु सामाजिक सञ्जालमा धेरै सक्रिय हुँदा खेलको प्रदर्शनमा असर पर्ने गरेको बताएका छन् ।

आइसीसी टी–२० विश्वकप २०२६ को तेस्रो खेलअघि प्रि म्याच प्रेस कन्फ्रेन्समा बोल्दै उनले भने, ‘इङ्ल्याण्डसँगको खेलपछि नेपाली खेलाडीले सामाजिक सञ्जालको प्रशंसा हेरे । उनीहरुले हेर्नुपर्ने खेलको प्रदर्शन हो ।’

नेपाली समाजमा सामाजिक सञ्जालको संस्कारप्रति प्रशिक्षक ल भन्छन्, ‘हामीले सामाजिक सञ्जालमा मान्छेहरुले के भनिरहेका छन्, भन्ने कुरा सोच्छौं भने टिमलाई के चाहिएको छ । टिमका सदस्यले के भनिरहेका छन्, भन्नेबाट ध्यान हट्छ । यो निकै गाह्रो विषय हो’, लले खेलाडीको सामाजिक सञ्जालको लतबारे बोले ।

‘म उनीहरुलाई भन्ने गर्छु । हामीले जित्दै गयौं भने सबै ठाउँमा लोकप्रियता आफैं बढ्दै जान्छ ।’ नेपाली खेलाडीलाई सामाजिक सञ्जालको लहरले उठाउने र पर्छाने गरिरहेको कुरा प्रशिक्षक लले प्रि म्याच प्रेस कन्फ्रेन्समा बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम