मुख्य समाचार
एसी मिलानले इटलीको सिरी ए मा पिसालाई २–१ ले पराजित
एसी मिलानले इटलीको सिरी ए मा पिसालाई २–१ ले पराजित

— एसी मिलानले इटलीको सिरी ए मा शुक्रबार पिसालाई २–१ ले पराजित गरेको छ ।

दस खेलाडीमा सीमित मिलानका लागि लुका मोडरिचले ८५ औं मिनेटमा निर्णायक गोल गरे ।

त्यस अगाडि मिलानले रुबेन लोफ्टस चिकको गोलले अग्रता लिएको थियो । तर फिलिपे लोयोलाले पिसाका लागि बराबरी गोल फर्काए । यस्तोमा दुवै टिमले एक एक अंकमा चित्त बुझाउने स्थिति रहेको थियो, तर मोडरिचले निर्णायक गोल गरे ।

यो जितसँगै मिलानले लिग तालिकाको शीर्षमा रहेको इन्टर मिलानमाथि दबाब सिर्जना गरेको छ । इन्टर ५८ अंकमा शीर्षमा छ भने मिलान ५ अंकको दूरीमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाले ट्वान्टी-२० विश्वकपमा शुक्रबार नेदरल्यान्ड्समाथि ९३ रनको प्रभावशाली जित निकालेको छ । समूह 'ए'को चेन्नाईमा भएको खेलमा प्राप्त यो जितपछि अमेरिकाको दुई अंक भएको छ । नेदरल्यान्ड्सको भने यो दोस्रो हार हो । दुवै टिमले तीन खेल खेलको छन् र उनीहरूका लागि सुपर एटका यात्रा कठिन रहेको छ । जितका लागि १ सय ९७ रनको ...
। प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोल्डकपअन्तर्गत शुक्रबार भएको खेलमा फ्रेण्ड्स क्लबलाई ४–० को गोलन्तरले पराजित गर्दै प्लानिङ युनाइटेड क्वाटरफाइनलमा पुगेको हो । प्लानिङ युनाइटेडको जितमा पापा इबु केबेले ह्याट्रिक पूरा गरे । केबेले खेलको ४५औं, ५४औं र ८१औं मिनेटमा गोल गरेका हुन् । प्लानिङका लागि अर्काे ...
। आईसीसी टी–२० विश्वकप क्रिकेटमा जिम्बाबेले अस्ट्रेलियामाथि २३ रनको शानदार जित निकालेको छ । श्रीलंकाको कोलोम्बोस्थित आर. प्रेमदासा रंगशालामा जिम्बाबेले दिएको १७० रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया १९ ओभर ३ बलमा १४६ रनमा समेटियो । अस्ट्रेलियालाई सस्तोमा समेट्न जिम्बाब्बेका ब्लेसिङ मुजराबानी एक्लैले ४ विकेट लिए । ब्राड इभान्सले ३ तथा वेलिंग्टन मसाकाड्जा र रायल बर्लले एकएक विकेट ...
। थाइल्यान्डमा आजदेखि सुरु भएको राइजिङ स्टार्स महिला एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल पाकिस्तान ‘ए’ सँग ३० रनले पराजित भएको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३९ रन बनाइन् । सीता राना ...
। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले नामिबियामाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाविरुद्ध भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार पारेको थियो । भारतका लागि इशान किशनले २४ बलमा ६१ रनको विस्फोटक इनिङ्स खेले । उनले ६ चौका ...