मुख्य समाचार
प्रहरीको अपरेशनमा महोत्तरीबाट ९९ जना पक्राउ
प्रहरीको अपरेशनमा महोत्तरीबाट ९९ जना पक्राउ

: जिल्ला प्रहरी कार्यालय महोत्तरीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फरार अभियुक्त र विभिन्न अपराधमा संलग्न व्यक्तिमाथि निगरानी कडा पारेको छ। चुनाव नजिकिँदै जाँदा मधेस क्षेत्रमा सम्भावित सुरक्षा जोखिम बढ्न सक्ने विश्लेषण गर्दै प्रहरीले गाउँ-गाउँबाट खोजी अभियान तीव्र बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो अभियानमा विभिन्न प्रकृतिका अपराधमा संलग्न ९९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालु मुद्दाका ३९ जना प्रतिवादी, अदालतको फैसला कार्यान्वयनतर्फ ५६ जना, तथा कारागार तोडेर वा अन्य तरिकाले फरार रहेका ४ जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार चुनावी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै फरार सूचीमा रहेका, हतियारसम्बन्धी गतिविधिमा जोडिएका तथा बाहिर बसेर आपराधिक सञ्जाल चलाउनसक्ने व्यक्तिहरूलाई प्राथमिकतामा राखेर पक्राउ गरिएको हो। 'निर्वाचनको वातावरण शान्त र भयरहित बनाउन कानुनी दायराबाहिर रहेका सबैलाई नियन्त्रणमा ल्याउने काम जारी छ,' उनले भने।

यसैबीच सुरक्षाको प्रत्याभूति दिलाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू जिल्लाका संवेदनशील मानिएका बस्ती र आवागमनका मार्गहरूमा संयुक्त रूपमा पैदल गस्तीमा खटिएका छन्। विगतमा भएका आन्दोलन, जेल तोडेर फरार भएका कैदीबन्दी र सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिले निर्वाचन सुरक्षामा दबाब थप्ने भएकाले सुरक्षा निकायले अग्रिम तयारी बलियो बनाएको जनाइएको छ।

प्रहरीले फागुन २१ गते हुने निर्वाचनसम्म खोजी, निगरानी र संयुक्त गस्तीलाई अझै सघन बनाउने योजना अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना होइन, दैनिकी जस्तै बन्दै गएको छ। हरेक दिन औसत सात जनाको ज्यान जाने, सयभन्दा बढी घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सडक सुरक्षा गम्भीर संकटमा पुगेको संकेत गर्छ। सवारी साधनको संख्या तीव्र गतिमा बढिरहँदा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र नियमन कमजोर रहँदा दुर्घटनाको ग्राफ झन् उकालो ...
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह