मुख्य समाचार
दाहालले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम आएको बताए
दाहालले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम आएको बताए

— नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले आफू अन्तिमपल्ट चुनाव लड्न रुकुम आएको बताएका छन् ।

३० औं ‘जनयुद्ध’ दिवसका अवसरमा रुकुम पूर्वको भूमे गाउँपालिकास्थित खाबाङबगरमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले परिवर्तनका लागि भएको लडाइँमा रुकुम पूर्वले गरेको योगदान र बलिदानको सम्मान गर्दै रुकुमेलीप्रति आभार व्यक्त गर्न यसपल्ट यहाँबाट उम्मेदवार बनेको बताए ।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका दाहालले शान्ति सम्झौतापछि पहिलोपल्ट ‘जनयुद्ध’ दिवस मनाउन रुकुम आएकोमा खुसी व्यक्त समेत गरे । ‘रुकुम पूर्व क्रान्तिको उद्‌गम भूमि मात्र होइन, शान्ति प्रक्रियाको निर्णय गर्ने थलो पनि हो,’ उनले भने, ‘यही भूमिबाट हामीले पहिलोपल्ट क्रान्तिको उद्‌घोष गरिएको थियो र यहीको चुन्बाङबाट गणतन्त्रमा जाने निर्णय गरिएको हो । यसकारण यो जिल्ला इतिहास निर्माण गर्ने थलो हो ।’

यस अवसरमा रुकुम आउन पाएकोमा आफू केही भावुक र धेरै जिम्मेवार एवं गौरवान्वित भएको बताउँदै दाहालले रुकुम पूर्वको विकास र समृद्धिका लागि आफू र आफ्नो पार्टीले विभिन्न कामहरू गर्ने बताउँदै प्रतिबद्धतासमेत व्यक्त गरे । साथै उनले अगामी ५ वर्षका लागि आफ्नो पार्टीले सरकार चलाउन पाएमा देशलाई विकासको मार्गमा प्रवेश गराउनेसमेत बताए ।

कार्यक्रममा जिल्लाभरका सहिद परिवारलाई दोसल्ला ओढाएर र अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरिएको थियो । यसपछि दाहालसँगै नेकपाले जिल्लाभर मतदाता भेटघाटलाई तीव्रता दिने जिल्ला संयोजक कुमारी बरालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपालमा सडक दुर्घटना अब आकस्मिक घटना होइन, दैनिकी जस्तै बन्दै गएको छ। हरेक दिन औसत सात जनाको ज्यान जाने, सयभन्दा बढी घाइते हुने र हजारौं परिवार शोकमा डुब्ने अवस्थाले सडक सुरक्षा गम्भीर संकटमा पुगेको संकेत गर्छ। सवारी साधनको संख्या तीव्र गतिमा बढिरहँदा सडक पूर्वाधार, ट्राफिक व्यवस्थापन र नियमन कमजोर रहँदा दुर्घटनाको ग्राफ झन् उकालो ...
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह