मुख्य समाचार
पूर्वको व्यस्त विराटनगर भन्सारले माघ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन
पूर्वको व्यस्त विराटनगर भन्सारले माघ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन

— पूर्वको व्यस्त विराटनगर भन्सारले माघ महिनामा लक्ष्य भन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८२/०८३ को माघ महिनामा कार्यालयले तोकेको लक्ष्यभन्दा बढी राजश्व असुली गरेको हो । माघ महिनामा कार्यालयले ३ अर्ब २३ करोड ६१ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, असुली गर्‍यो, ३ अर्ब ३३ करोड ५ लाख रुपैयाँ । यो लक्ष्यको तुलनामा १ सय २ दशमलव ९४ प्रतिशत उपलब्धि हो । जुन चालु आर्थिक वर्षका पछिल्ला सात महिनामध्ये सबैभन्दा उच्च प्रतिशत रहेको भन्सार प्रमुख उमेश श्रेष्ठले जनाए ।

अनलाइन भ्यालुएसन प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयन गरेपछि राजश्व संकलनमा उल्लेखनीय सुधार देखिएको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रविधिमा आधारित भ्यालुएसन प्रणालीले राजश्व चुहावट नियन्त्रण गर्न सहयोग पुगेको बताए । ‘अनलाइन प्रणाली लागू भएपछि पारदर्शिता बढेको छ, जसको प्रत्यक्ष प्रभाव राजश्व असुलीमा देखिएको हो,’ उनले भने ।

चालु आर्थिक वर्षको सात महिनाको समग्र तथ्यांक हेर्दा विराटनगर भन्सारले लक्ष्यको ८२ दशमलव ९ प्रतिशत राजश्व संकलन गरिसकेको छ । साउनदेखि माघसम्म २३ अर्ब ५५ करोड ७६ लाख राजश्व संकलन लक्ष्य राखेकोमा १९ अर्ब ३१ करोड ९१ लाख संकलन भइसकेको छ ।

गत वर्षको यही अवधिमा ८१ प्रतिशत मात्रै राजश्व उठेको थियो । ‘अघिल्ले वर्षको तुलनामा समग्र राजश्व संकलन सुधारिएको छ’, प्रमुख श्रेष्ठले भने,‘यो उत्साहजनक हो ।’

विराटनगर भन्सारबाट कोइला र औद्योगिक कच्चा पदार्थको आयात ह्वात्तै बढेको छ । जसले लक्षित राजश्व पूरा गर्न सहज भएको भन्सारले जनाएको छ । भन्सार महसुल, कृषि सुधार शुल्क, अन्तःशुल्क, सडक सुधार दस्तुर, कोइला इन्धनसम्बन्धी हरित कर तथा मूल्य अभिवृद्धि कर (भ्याट) शीर्षकबाट राजश्व संकलन हुँदै आएको कार्यालयले जनाएको छ ।

भन्सार प्रशासनको प्रविधिमैत्री सुधार र कडाइले आगामी महिनाहरूमा पनि राजश्व संकलन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी निष्कासन गरेको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि खुला गरेको छ । बैंकले ‘६ प्रतिशत आरबिबिएल डिबेन्चर २०८९’ नामको ऋणपत्रमा आज असोज २९ गतेदेखि आवेदन दिन सकिने जनाएको छ । सात वर्ष अवधिको उक्त ऋणपत्रमा कात्तिक १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण ...
। कृषि, वन तथा पर्यावरण मन्त्रालयले बर्दिया र रौतहटका उखु किसानलाई अनुदान बापत १० करोड ४३ लाख रुपैयाँ भुक्तानीका लागि निकासा गरेको छ । गत आर्थिक वर्षको उखु उत्पादनमा आधारित अनुदान बापत पाउनुपर्ने उक्त रकम मन्त्रालयले सम्बन्धित जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा निकासा गरेको हो । मन्त्रालयका अनुसार उक्त रकम बर्दिया र रौतहटका ४ ...
। अर्थ मन्त्रालयले भोटेकोशी बाढीले राजस्व संकलन प्रभावित हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक अर्थ बुलेटिन सार्वजनिक गर्दै अर्थले खर्चको दायित्व बढ्ने, नाका बन्द हुने र कर छुट लगायत प्रावधानले चालु आव २०८३/८४ मा स्रोतमा थप चाप पर्ने बताएको हो । मन्त्रालयले भोटेकोशी बाढीपछिको राहत तथा पुनर्निर्माण बजेटको एक तिहाइभन्दा बढी हुने ...
। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । त्यस्तै गत आव २०८२/८३ (सन् २०२७) मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित भएको प्रक्षेपण पनि आईएमएफले गरेको छ । आईएमएफले मंगलबार सार्वजनिक गरेको उसको फ्ल्यागसिप प्रकाशन ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्लूईओ) को अक्टोबर संस्करणले यस्तो प्रक्षेपण गरेको ...
: सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा करिब ६७ करोड रुपैयाँको धान खरिद गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा मन्त्रालयले वैज्ञानिक ढंगबाट निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा ६७ करोड ५० लाख रुपैयाँ रकमबराबरको धान खरिद गर्ने भएको हो। धानको न्यूनतम समर्थन मूल्यमा १५ हजार टन धान खरिद गर्ने योजना बनाएको ...