मुख्य समाचार
मोरङको जहदाबाट भारत लैजाने तयारीमा राखिएको ठूलो परिमाणको गाँजा बरामद
मोरङको जहदाबाट भारत लैजाने तयारीमा राखिएको ठूलो परिमाणको गाँजा बरामद

: शनिबार बिहान मोरङको जहदाबाट भारत लैजाने तयारीमा राखिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ । सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहान ६ बजेतिर २ सय ७५ किलोभन्दा बढी गाँजा बरामद गरेको हो। साथै गाँजा भण्डारण गरेर राख्ने १ जना पक्राउ परेका छन् ।



मोरङ प्रहरीका सुचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले खाल्डो बनाउँदै माथिबाट परालले छोपेर राखेको अवस्थामा २ सय ७५ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको बताए । उनका अनुसार जहदा गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय चन्दनकुमार साहले गाँजा लुकाएर राखेको गोप्य सुचनाका आधारमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।



सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको डीएसपी तिलकबहादुर खड्का र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले बिहान ६ बजेतिर खानतलासी गरेको थियो । त्यस क्रममा साहको घरबाट पश्चिमतर्फ रहेको जमिनमा खाल्डो बनाई माथिबाट परालको कुनिउँले छोपेर कालो रंगको प्लाष्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ९ पोका गाँजा फेला परेको हो। उक्त गाँजा जोख्दा २ सय ७५ किलो ८ सय ग्राम भएको इन्स्पेक्टर कविन राईले जानकारी दिए ।



उनका अनुसार गाँजा बरामद गरेर साहलाई पनि पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट गाँजा भण्डारण गर्ने कार्यमा संलग्न देखिएका साहलाई आफ्नै घरको कोठामा लुकिछिपी बसिरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । पक्राउ परेका साह र बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

साहविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उक्त गाँजा कहाँबाट ल्याइएको र कता लैजान खोजिएको हो तथा यसको धन्दामा को को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ । गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ ।

सुरक्षाकर्मीलाई छलेर गाँजा भारत कटाउनका लागि सीमा क्षेत्रनजिकै भण्डारण गरेर राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको–१, बाउनडाँडामा शुक्रबार राति मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । लेलेबाट बालुवा लिएर कालेश्वर जाँदै गरेको बागमती प्रदेश ०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक राति करिब ९ बजे सडकबाट अनियन्त्रित भई अन्दाजी पाँच सय मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ...
बोरुसिया डर्टमुन्डले शुक्रबार जर्मन बुंडेसलिगामा मेन्जलाई सजिलै ४–० ले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ
: गौरको मुख्य भागमा अवस्थित करदाता सेवा कार्यालय र भवनमा रहेका सामानहरु आन्तरिक राजस्व कार्यालय सिमरातर्फ लैजान खोजिएपछि स्थानीय ब्यापारी आन्दोलनमा उत्रिएका छन् । रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीहरु र स्थानीय व्यापारीहरुले सामान लोड गरिएको ट्रक नियन्त्रणमा लिएर अहिले बजार बन्द गरेर आन्दोलन गरिरहेका छन् । व्यापारीहरुले बाटोमा बसेर अवरोध सिर्जना गरेपछि अहिले त्यहाँ ...
प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनले देशको भविष्य कोर्ने भएकाले मतदान गरिदिन आग्रह
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुक धर्मनिरपेक्ष बन्नुमा नेता जतिकै दोष जनताको पनि भएको बताएका छन्। श्रीवैष्णव युवा परिषद नेपालको चौंथो राष्ट्रिय महाधिवेशनलाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने निर्णयमा नेता र दलहरूको मात्र नभई मतदाताको समेत दोष रहेको टिप्पणी गरेका हुन् । उनले मतदान कन्यादान भन्दा ठूलो कुरा ...