। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगम लिमीटेडलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभावप्रति अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो ।
‘ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, कृत्रिम अभाव तथा कालोबजारीमा संलग्न तत्वमाथि कडा अनुगमन र कारबाही गर्न र सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउने प्रभावकारी व्यवस्था गर्न निगमसमक्ष जोडदार माग गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ ।
अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेशले इन्चार्ज नितेश लामिछानेको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।