मुख्य समाचार
राम्रो नेतृत्व चयन नभए देशले फेरि दु:ख पाउने
राम्रो नेतृत्व चयन नभए देशले फेरि दु:ख पाउने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राम्रो नेतृत्व चयन नभए देशले फेरि दु:ख पाउने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी सभापति लामिछानेले यसपटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको उल्लेख गरे ।

उनले विगतका कमजोरीबाट पाठ सिक्दै सही प्रतिनिधि चयन गर्न सबै मतदाताले गम्भीर बन्नुपर्ने धारणा राखे । ‘अब पनि गलत नेतृत्व रोजियो भने फेरि पछुताउनुपर्छ,’ उनले भने, ‘देश र भावी पुस्ताको भविष्यका लागि सचेत निर्णय आवश्यक छ ।’

प्रतिनिधि सभा निर्वाचनलाई लामिछानेले महाभारतको युद्ध रूपमा भएको उनले दाबी गरे । नागरिकलाई कौरव पक्षमा बस्ने कि पाण्डव पक्षमा बस्ने भन्ने स्पष्ट धारणा बनाउन आग्रह गरेका छन् । उनले भने, ‘तपाईँहरू कौरव पट्टि बस्ने कि पाण्डव पट्टि बस्ने, छुट्याउनुपर्छ ।’

उनले वर्तमान राजनीतिक अवस्था, सुशासन र नैतिकताको प्रश्नलाई महाभारतको प्रसंगसँग जोड्दै सत्य र न्यायको पक्षमा उभिन नागरिकलाई आह्वान गरे ।

लामिछानेले भ्रष्टाचार, बेथिति र शक्तिको दुरुपयोगविरुद्ध आफूहरू संघर्षरत रहेको उल्लेख गरे । लामिछाने रिडीदेखि तम्घाससम्म विभिन्न स्थानमा राखिएका कार्यक्रममा भेटघाट अर्न्तक्रिया गरेर अर्घाखाँची तर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा सम्पन्न १३औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् । सामाजिक सन्जालमार्फत कार्कीले बंगलादेश नेसनल पार्टी (बीएनपी ) लाई उल्लेखनीय विजय दिलाएकोमा पार्टी प्रमुख तारिक रहमानलाई विशेष बधाई दिएकी हुन् । कार्कीले आफ्नो सन्देशमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न बंगलादेशको ...
। पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जाल हान्ने क्रममा उक्त हतियार र गोली भेटिएको प्रहरीले बताएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हानेका थिए । सो क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ ।
। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल आयल निगम लिमीटेडलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभावप्रति अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो । ‘ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, कृत्रिम अभाव तथा कालोबजारीमा संलग्न तत्वमाथि कडा ...
। कोशी प्रदेश सरकारले पहिलो पटक गत बैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका परियोजनाहरु कार्यान्वयनको चरणमा अघि बढेको प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेश सरकारले ५१ वटा परियोजनामा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । लगानी सम्मेलनको उपलब्धिका बारेमा समीक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयोजनाहरु कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका हुन् ...
। निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न दरिलो सुरक्षा व्यवस्था बनाउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् । समाजमा शान्ति सुव्यवस्था कायम राख्न तथा आसन्न निर्वाचनको समयमा देखा पर्न सक्ने चुनौतीहरूको समयमै सूचना संकलन गरी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा ...