मुख्य समाचार
मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत
मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत

। मलेसियामा हाल १ लाखभन्दा बढी नेपाली सुरक्षा गार्ड कार्यरत छन् । महिनाको ३० दिन नै हरेक दिन १२ घण्टा ड्युटीमा खटिएर, ठुल्ठुलो भवनदेखि स–साना क्षेत्रको सुरक्षामा अहोरात्र खटिएका हुन्छन् ।

तर, मलेसियाको सुरक्षामा अहोरात्र खटिने नेपाली सुरक्षा गार्डहरू भने नारकीय जीवन भोग्न बाध्य छन् । महिनामा ३० दिन नै काम गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर बिरामी हुँदा, कुनै समस्या पर्दा बिदा पनि पाउँदैनन् । बिदामा बसेको खण्डमा कम्पनीले तलब काटिदिने गरेको छ ।




अनलाइनखबरको सम्पर्कमा आएका एक नेपाली सुरक्षा गार्डले भने, ‘महिनामा ३० दिन नै हरेक दिन १२ घण्टा ड्युटी गर्नुपर्छ, कुनै दिन बिरामी परेर बिदामा बस्यो भने त्यो दिनको तलब काटिदिन्छ, हामीले त बिदा भन्ने कुरा त कहिल्यै पाउँदैनौं ।’

लामो समयदेखि मलेसियामा सुरक्षा (सेक्युरिटी) गार्डको काम गर्दै आएका दुर्गा मगरले मलेसियामा सेक्युरिटी गार्ड पठाउन बन्द गरिदिनुपर्ने बताए । सेक्युरिटी गार्डले विभिन्न समस्या भोग्नुपरेको र चरम श्रम शोषण हुने गरेको उनको भनाइ छ ।



‘महिनामा ३० दिन नै दैनिक १२ घण्टाका दरले काम गर्दा २२ सय रिंगिट तोकिएको छ, त्यसमा समेत काटेर २१ सय २८ रिंगिट मात्रै बैंक खातामा आउँछ,’ उनले भने, ‘नयाँ साथीहरूले त झन् २१ सय रिंगिट मात्रै पाउँछन्, मलेसियामा सेक्युरिटी गार्ड पठाउन बन्द गरिदिए हुन्छ, दूतावास भन्ने मात्रै हो, हाम्रो गुनासो कहिल्यै सुन्दैन ।’

मलेसियाले न्यूनतम पारिश्रमिक मासिक १ हजार ७ सय रिंगिट तोकेको छ । तर, सुरक्षा गार्डहरूले त्यो समेत पाउँदैनन् । अहिले पनि कतिपय सुरक्षा गार्डले मासिक १ हजार ५ सय रिंगिट र ७ सय रिंगिट ओभरटाइम बापत पाउने गरेका छन् । जबकि, उनीहरूले बढेको तलब अनुसार मासिक २ हजार ४ सय रिंगिट पाउनुपर्ने हो ।

मलेसियाले न्यूनतम पारिश्रमिक मासिक १ हजार ७ सय रिंगिट तोकेको छ । तर, सुरक्षा गार्डहरूले त्यो समेत पाउँदैनन् । अहिले पनि कतिपय सुरक्षा गार्डले मासिक १ हजार ५ सय रिंगिट र ७ सय रिंगिट ओभरटाइम बापत पाउने गरेका छन् । जबकि, उनीहरूले बढेको तलब अनुसार मासिक २ हजार ४ सय रिंगिट पाउनुपर्ने हो ।
तर, महिनाको ३० दिन नै दैनिक १२ घण्टाका दरले काम गर्ने सुरक्षा गार्डहरू मासिक २ हजार २ सय रिंगिट पाउँछन् । त्यसमा विभिन्न शीर्षकमा तलब काटिएर आउने गरेको श्रमिकहरूको गुनासो छ ।

लामो समयदेखि मलेसियामा वैधानिक रूपमा श्रमिक पठाउँदै आएका आकर्षण इन्टरनेसनलका अध्यक्ष विष्णु केसीले मलेसियामा नेपाली सुरक्षा गार्ड एकदमै पीडामा रहेको बताए ।

‘हरेक सुरक्षागार्ड श्रम शोषणको शिकार बनिरहेका छन्, उनीहरूको कुनै अस्तित्व नै छैन जसरी काम गर्नुपर्छ, यस्तो अवस्थामा किन सुरक्षा गार्डमा पठाइरहेका छौं, यो गम्भीर प्रश्न छ,’ उनले भने ।

दैनिक १२ घण्टा ड्युटी गर्नुपर्ने, त्यसमा पनि न पानी खान पाउँछन्, न त उनीहरू एक ठाउँबाट अर्को ठाउँमा हिँडडुल गर्न पाउँछन् । जसले गर्दा उनीहरूमा शारीरिक समस्या समेत देखिने गरेको छ ।

नेपालीहरूबाटै पीडित नेपाली सेक्युरिटी गार्ड

मलेसियामा हाल १ हजार १ सय २७ सेक्युरिटी कम्पनी छन् । सरकारबाट लाइसेन्स लिएका ती कम्पनीले निश्चित कमिसन लिएर अन्यलाई लाइसेन्स दिने गरेका छन् । जसले गर्दा ती कम्पनी मार्फत काम गर्ने सेक्युरिटी गार्ड बढी मर्कामा पर्ने गरेका देखिन्छन् ।

मलेसियास्थित जनउद्धार केन्द्र मलेसियाका अध्यक्ष केशु थापाका अनुसार मलेसियामा जसले पनि सेक्युरिटी कम्पनीको लाइसेन्स लिन पाइँदैन । जसले लिएका हुन्छन्, उनीहरूलाई पैसा दिएर अरूले लिन्छन् ।

त्यसरी लिनेमा नेपाली समेत छन् । विशेषगरी एनआरएनए लगायत संघसंस्थाका प्रतिनिधि त्यस्ता कार्यमा सक्रिय देखिएका छन् ।

‘एउटा सञ्चालक हुन्छ, त्यसले पनि अरूलाई दिन्छ, एकले अर्काेलाई गर्दागर्दै धेरै जनापछि कम्पनीमा पुगेको हुन्छ, कुनै कम्पनीसँग २० जना मान्छेको वर्क पर्मिट छ भने त्यसले अरूलाई कति दिन्छस् भनेर बेच्छ,’ थापाले भने, ‘मानौं, कुनै कम्पनीले एउटा श्रमिक बापत महिनाको ५ हजार दिन्छु भनेर लियो, त्यसले अर्कोलाई मासिक ६ हजार दिन्छु भनेर लिन्छ, काम अर्को मान्छेले खोज्ने भयो ।’

कमिसन बढाउँदा बढाउँदै धेरै जनासम्म पुग्छन र नेपाली सुरक्षा गार्डहरू काम गर्नका लागि १० हजार रिंगिटसम्म तिर्न बाध्य हुन्छन् ।

त्यस्तै सुरक्षा गार्डहरूको अर्को समस्या भनेको बिरामी हुँदासमेत तलब काटिदिनु हो । एकातिर कम्पनीले काममा नआएको भन्दै तलब काटिदिन्छ भने अर्कातिर श्रमिकले उपचार गर्नका लागि अस्पतालमा समेत आफैंले पैसा तिर्नुपर्ने हुन्छ । जसले गर्दा श्रमिक दोहोरो मर्कामा पर्ने गरेको अध्यक्ष थापाको भनाइ छ ।

‘एकदिन बिरामी भयो भने छुट्टी पनि पाउँदैनन्, तलब काटिदिन्छ, हस्पिटलमा समेत श्रमिकले समेत तिर्नुपर्ने भयो, श्रमिक दोहोरो मारमा पर्ने भए,’ उनले भने, ‘काममा नगएपछि कम्पनीले तबलबाट काट्ने, हस्पिटलको उपचार समेत आफैंले तिर्नुपर्ने भयो ।’

त्यस्तै नेपाली सुरक्षा गार्डले भोग्ने अर्को समस्या भनेको बस्ने ठाउँबाट काम गर्ने ठाउँसम्म जानुपर्ने बाध्यता ।

दैनिक बिहान बेलुका २ देखि ३ किलोमिटर हिँडेर जानुपर्छ । नेपालको बाटो भए समस्या हुन्थेन । तर, मलेसियाको त्यस्तो तीवै गतिमा गाडी गुड्ने बाटोमा जोखिम निकै हुन्छ । बाटो काट्ने बेला श्रमिकहरू दुर्घटनामा परेका कतिपय घटना बाहिर आउने गरेका छन् ।

हिँडेर जाने बेला यातायात व्यवस्था कम्पनीले गर्नुपर्नेमा प्राय: कम्पनीमा त्यस्तो नभएको अध्यक्ष थापाको भनाइ छ । मलेसियामा सेक्युरिटी गार्डमा काम गर्ने नेपाली नेपालीबाटै पीडित भइरहेको छन् ।

नेपाली दूतावास मलेसियाको तथ्यांक अनुसार मलेसियामा हरेक महिना औसत ४० नेपालीले ज्यान गुमाउने गरेका छन् । तीमध्ये धेरैजसो सुरक्षा गार्ड नै छन् ।

नेपाली दूतावास मलेसियाको तथ्यांक अनुसार मलेसियामा हरेक महिना औसत ४० नेपालीले ज्यान गुमाउने गरेका छन् । तीमध्ये धेरैजसो सुरक्षा गार्ड नै छन् ।
मलेसियास्थित नेपाली दूतावासका श्रम काउन्सेलर कृष्णप्रसाद भुसालले केही समय अगाडि अनलाइनखबरसँगको कुराकानीमा हरेक महिना औसत ४० नेपालीको शव नेपाल पठाउने गरेको बताएका थिए । तीमध्ये धेरैजसो सुरक्षा गार्डमा कार्यरत नेपाली हुन्छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २ सय ६६ जनाले श्रम स्वीकृत (पुन: श्रम स्वीकृति सहित) लिई वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका थिए । तीमध्ये ४९ हजार १ सय ८७ नेपाली मलेसिया पुगेका थिए ।

सबैभन्दा बढी मलेसियामा नेपाली श्रमिकको मृत्यु भएको देखिन्छ । एक वर्षमा ३ सय २७ नेपालीको शव ल्याइएको थियो । त्यसमा कागजातविना बस्दै आएर मृत्यु भएकाको तथ्यांक समावेश छैन ।

यो विषयमा अध्ययन गरिरहेका डा. प्रमोद रेग्मीले मलेसियामा सबैभन्दा बढी मृत्यु तथा बिरामी हुनेमा सेक्युरिटी गार्ड रहेको बताएका थिए ।

नेपाल विकास समाज मार्फत गरिएको अध्ययनले समेत सुरक्षा गार्डहरू मृत्यु र बिरामीको बढी जोखिममा रहेको देखाएको थियो ।

अध्ययनकर्ता डा. श्वेता कोइरालाले मलेसियामा सुरक्षा गार्डहरूको दैनिक जीवनयापन कठिन हुँदा उनीहरू यसको जोखिममा बढी पर्ने गरेको बताइन् । उनीहरू असुरक्षित काम र जीवनयापनको अवस्थाले गर्दा बढी जोखिममा पर्ने गरेका हुन् ।

केही समय अगाडि गरिएको एक अध्ययनले मलेसियामा सुरक्षा गार्डका रूपमा काम पाउन नेपालीहरू १० हजार रिंगिटसम्म तिर्न बाध्य हुने गरेको देखाएको थियो ।

नेपालीहरूले यो रकम मलेसियाली सुरक्षा एजेन्ट, नेपाली म्यानपावर एजेन्ट र दलाल लगायत धेरै भर्ती बिचौलियालाई तिर्ने गरेका छन् ।

सन् २०१८ मा मलेसिया र नेपाल सरकारबीच श्रम सम्झौता भएको थियो । जसले श्रमिकको लागत रोजगारदाताले नै बेर्होन भन्ने थियो । तर, सुरक्षा गार्डहरू मोटो रकम तिर्न बाध्य हुने गरेका हुन् ।

दूतावासले भने सुरक्षा गार्डका विषयमा देखिएका विद्यमान समस्या क्रमिक रूपमा सुधार हुँदै गएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: झापा दमकका केशव कार्कीको शिरमाथि ड्रोन उड्न थालेको १० दिनभन्दा बढी भइसकेको छ। २० वर्षदेखि संयुक्त अरब इमिरेट्स (यूएई) को रसअल खैमामा कार्यरत कार्की नेपाल फर्कने कि नफर्कने भन्नेमा द्विविधामा छन्। दुबईमा कार्यरत नुवाकोटका श्याम पाठकको कमाइ पनि राम्रै छ। एक छोरालाई पढाएर श्रीमतीसहित दुबईमै बसिरहेका पाठकलाई अहिलेको युद्धले भने रनभुल्ल पारेको छ। ‘केही दिन ...
। मध्यपूर्वमा बढ्दो तनावकाबीच ५७ हजार बढी नेपालीले आफ्नो विवरण सरकारी संयन्त्रमा टिपाएका छन् । इजरायल–अमेरिका र इरानबीच बढ्दो तनावपछि खाडी मुलुकहरूमा उत्पन्न परिस्थितिका कारण आफ्नो अवस्थाबारे जानकारी दिँदै ५७ हजार १ सय नेपालीले आफ्नो विवरण टिपाएका हुन् । पश्चिम एसियामा नेपाली नागरिकहरूको अवस्था अद्यावधिक विवरण संकलनका लागि कन्सुलर सेवा विभागले सञ्चालनमा ल्याएको अनलाइन दर्ता प्रणालीमा ...
। कुवेतस्थित नेपाली दूतावासले त्यहाँको आधिकारिक निकायहरूबाट जारी गरिएको सूचना तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ । दूतावासले पश्चिम एसियाली देशहरूमा विकसित परिस्थिति मध्यनजर गर्दै सजगता अपनाउन नेपालीलाई तेस्रो पटक अनुरोध गरेको हो । कुवेतको हवाई क्षेत्र खुलेपछि मात्र नियमित उडान सुरु हुने भएकाले त्यसबारे अद्यावधिक सूचनाका लागि कुवेतको उड्डयन प्राधिकरणको वेबसाइट हेर्न तथा आफ्नो सम्बन्धित ...
: इरानी ड्रोन आक्रमणबाट अबुधावी विमानस्थलमा मारिएका गोरखा बोर्लाङका दिवस श्रेष्ठको दाहसंस्कार गरिएको छ। पशुपति आर्यघाटमा शनिबार राति ८ बजे दाहासंस्कार गरेर बोर्लाङ ठाँटीस्थित घरमा आइतबारदेखि काजकिरिया सुरु गरिएको भीमसेनथापा गाउँपालिका-८ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए। मृतकका बुबा चामबहादुर श्रेष्ठले छोरा दिवसको काजकिरिया गर्न सुरु गरेका छन्। आइतबार आठौं दिनदेखि काजकिरिया सुरु गरिएको उनले बताए। ...
। अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा आफ्नै परिवारका सदस्यहरूको हत्या गरिरहेका एक नेपालीको प्रहरीको गोली लागि मृत्यु भएको छ । सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् । नेपाली भाषाको समाचार पोर्टल खसोखास डट कमले परिवारका सदस्यहरूको हत्यामा संलग्न नेपाली छत्रबहादुर ...