मुख्य समाचार
थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको बताए
थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको बताए

। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नयाँ पार्टीमा मत दिन चाहनेका लागि कांग्रेस रहेको बताएका छन् । सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा उनले विरासतलाई बोकेर कांग्रेस नयाँ रूपमा आएको बताए ।

‘यदि कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो,’ सभापति थापाले भने, ‘किन कि कांग्रेस विरासतलाई बोकेर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ ।’

देश युवाको काँधमा रहेको र धनकौलमा युवा सहभागिता देखेपछि खुशी लागेको भन्दै उनले युवाले नैे देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्ने बताए । ‘सधैं अरूले भन्ने गर्थे, खै युवाहरू कहाँ छन् ? तर, आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुशी भएको छु । उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु ।’

सभापति थापाले अहिले मधेशको जग बलियो बनाउन शिक्षा जरूरी रहेकोमा जोड दिए । तर, त्यसअघि भोटमार्फत् कांग्रेसलाई जिताउनु पर्ने बताए । ‘अहिले सर्लाहीलगायतका मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिँचाइ मुख्य समस्या हो । यहाँको जग नै बलियो बनाउनु छ,’ उनले भने, ‘त्यसका लागि युवाहरूले कांग्रेसको बारेमा एक जना बराबर पाँच जना परिवारलाई बुझाउनुपर्ने स्थिति छ । तपाईं युवाहरूले यस बारेमा जिम्मा लिइदिनुपर्छ । मैले मेरो टिमसँग पनि यही भनेको छु ।’


सभापति थापाले कांग्रेस पार्टीलाई देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै नभएर देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे । ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ,’ उनले भने, ‘प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौं । त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बंगलादेशमा १२ फेब्रुअरी २०२६ मा सम्पन्न १३औं संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशीला कार्कीले बंगलादेश सरकार र त्यहाँका जनतालाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् । सामाजिक सन्जालमार्फत कार्कीले बंगलादेश नेसनल पार्टी (बीएनपी ) लाई उल्लेखनीय विजय दिलाएकोमा पार्टी प्रमुख तारिक रहमानलाई विशेष बधाई दिएकी हुन् । कार्कीले आफ्नो सन्देशमा द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न बंगलादेशको ...
। पोखरास्थित फेवा तालबाट एसएलआर बन्दुक र १८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ । जाल हान्ने क्रममा उक्त हतियार र गोली भेटिएको प्रहरीले बताएको छ । पोखरा खपौदी बस्ने ४२ वर्षीय कुमार जलारीले माछा मार्न फेवा तालमा जाल हानेका थिए । सो क्रममा उक्त हतियार र गोली जालमा आएको बताइएको छ ।
। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल आयल निगम लिमीटेडलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभावप्रति अनेरास्ववियुले ध्यानाकर्षण गराएको हो । ‘ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, कृत्रिम अभाव तथा कालोबजारीमा संलग्न तत्वमाथि कडा ...
। कोशी प्रदेश सरकारले पहिलो पटक गत बैशाखमा आयोजना गरेको लगानी सम्मेलनमा प्रतिबद्धता व्यक्त भएका परियोजनाहरु कार्यान्वयनको चरणमा अघि बढेको प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेश सरकारले ५१ वटा परियोजनामा समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । लगानी सम्मेलनको उपलब्धिका बारेमा समीक्षा कार्यक्रममा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयोजनाहरु कार्यान्वयनको चरणमा प्रवेश गरेको बताएका हुन् ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राम्रो नेतृत्व चयन नभए देशले फेरि दु:ख पाउने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टी सभापति लामिछानेले यसपटक जनतासामु सक्षम र इमानदार नेतृत्व छान्ने महत्वपूर्ण अवसर रहेको उल्लेख गरे । उनले विगतका कमजोरीबाट पाठ सिक्दै सही प्रतिनिधि चयन गर्न ...