मुख्य समाचार
राजनीतिबारे ‘तटस्थ’ हुँदै सुरु भयो बर्लिन फिल्म फेस्टिभल, मिसेल योहलाई ‘गोल्डेन बेयर’
राजनीतिबारे ‘तटस्थ’ हुँदै सुरु भयो बर्लिन फिल्म फेस्टिभल, मिसेल योहलाई ‘गोल्डेन बेयर’

। आम जनता पार्टी (आजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच आम जनता पार्टी (आजपा)ले मुलुकको वर्तमान व्यवस्था असफल भएको निष्कर्षसहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

आजपाको घोषणा पत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, भ्रष्टाचार नियन्त्रणका लागि छुट्टै संरचना, एक घर एक रोजगारी, निशुल्क स्वास्थ्य र शिक्षा लगाएतका बिषयलाई समावेश गरिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफुलाई मधेश र पहाडको भन्दै मत माग्ने र सत्ता आरोहण गरेपनि आफ्नो स्वार्थ पुरा गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताए ।



उनले यसअघिको निर्वाचनमा पुरानाले देश विगार्यो भन्दै मत माग्ने नयाँ भन्नेहरुले पनि पुरानै सरकारमा घुसेर सत्ताको स्वाद लिएको तर्क गरे ।

आफूलाई जनतालाई मूर्ख बनाउनेहरूले आज नयाँ भनेर व्याख्या गरिराख्दा चिन्ता लाग्ने गरेको भन्दै उहाले अव आफ्नो पार्टी नयाँ मुद्दाका साथ जनतामा गएको दाबी गरे ।

उनले जनताको जीवनस्तर कागजी कितावमा नभइ वास्तविक रुपमा नै सुधार गर्ने योजना आफूहरूसँग रहेको बताए ।

अध्यक्ष साहले उम्मेदवार पनि ठीक हुने र व्यवस्थाका साथै नीति पनि सहि ढंगले चल्नेगरि देशलाई अघि बढाउन जनताहरुले पनि गम्भीर भएर निर्वाचनमा मत प्रयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। गणेश पाण्डेद्वारा निर्देशित डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ ले अमेरिकाको जर्जियास्थित कोब इन्टरनेसनल फिल्म फेस्टिभलमा बेस्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ । अगस्ट ६ देखि ९ सम्म जर्जियाको मारिएट्टा सहरमा आयोजना भएको महोत्सवमा नेपालबाट सो फिल्म मात्र छनोट भएको थियो । महोत्सवका कार्यकारी निर्देशक तथा फेस्टिभल डाइरेक्टर डा. रिचर्ड टाभेनारोका अनुसार संसारभरबाट प्राप्त फिल्मको प्रतिस्पर्धामा ...
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...