मुख्य समाचार
दिल्ली हाई कोर्टले अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार
दिल्ली हाई कोर्टले अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार

। दिल्ली हाई कोर्टले बिहीबार अभिनेता राजपाल यादवलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको छ । ‘चेक बाउन्स’ मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ ।

न्यायाधीश स्वर्णकान्ता शर्माको एक इजलासमा सुनुवाइ भैरहेको थियो । इजलासले अभिनेता पक्षका वकिलको अनुरोधमा जमानत निवेदनमाथिको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको हो । प्रतिवादीलाई नोटिससमेत जारी गरिएको छ ।

अदालतले त्यसपछि मुद्दाको सुनुवाइ सोमबारसम्मका लागि स्थगित गरेको छ । यसअघि अदालतले यादवलाई कडा टिप्पणी गरेको थियो । अदालतले स्पष्ट शब्दमा भनेको थियो, ‘तपाईं जेल जानु पर्नाको कारण भनेको तपाईंले आफ्नो वाचा पूरा नगर्नु हो ।’

योसँगै यादवले तिहाड जेलमा थप चार रात बिताउनुपर्ने भएको छ । ५ फेब्रुअरीमा अभिनेता यादवले तिहाड जेलमा आत्मसमर्पण गरेका थिए । यो मुद्दा सन् २०१० मा ‘अता पता लापता’ फिल्म निर्माणका लागि मुरली प्रोजेक्ट्स प्राइभेट लिमिटेडबाट लिएको ऋणसँग सम्बन्धित हो ।



यादव पक्षले अदालतमा जमानतका लागि निवेदन दर्ता गर्दै पारिवारिक विवाह समारोहमा सहभागी हुनुपर्ने कारण उल्लेख गरेको छ । अदालतले उजुरीकर्तालाई जमानत निवेदनमा आफ्नो लिखित जवाफ दर्ता गर्न निर्देशन दिएको छ ।

यसै वर्ष जनवरी २०२६ मा अदालतले अभिनेतालाई अन्तिम मौका दिँदै निर्देशन जारी गरेको थियो । अभिनेता पक्षका वकिलले अदालतलाई राजपालले ५० लाख भारु व्यवस्था गरिसकेको र भुक्तानीका लागि थप एक हप्ता समय चाहिएको बताएका थिए ।

तर न्यायाधीश शर्माले आत्मसमर्पणको समय थप गर्न गरिएको निवेदन अस्वीकार गरिन् । उनले भनिन्, “चेक बाउन्सजस्ता मुद्दामा पटक-पटक गरिएका वाचाहरू तोडिनु गम्भीर विषय हो ।’

अदालतले यो पनि उल्लेख गर्‍यो कि अभिनेतालाई धेरै अवसर दिइएको थियो, तर प्रत्येक पटक अदालतको विश्वास तोडिएको छ । त्यसपछि अदालतले उनलाई ४ फेब्रुअरी साँझ ४ बजेसम्म आत्मसमर्पण गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीले सोमबार पदभार ग्रहण गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शुक्रबार ब्रजेश खनाललाई कुलपतिको सपथ खुवाएका थिए । त्यसपछि खनालले सोमबार अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका हुन् । प्रतिष्ठानको उपकुलपतिमा ‘काफ्ले’ गीतबाट चर्चित गायिका झुमा लिम्बु, सदस्यसचिवमा भूपेन्द्रसिंह रायमाझी र प्राज्ञपरिषद् सदस्यमा राजन मुकारुङ, रेखा शाह गुरुङ, ...
। ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने छैटौं विदेशी फिल्म बनेको छ । प्रदर्शनको ११ औं दिन आइतबारसम्म टम हल्यान्ड स्टारर फिल्मको ग्रस कलेक्सन १४ करोड रुपैयाँ नाघेको छ । शीर्ष १० को सूचीमा छैटौं स्थानमा उक्लिएको फिल्मले नेपाली बक्सअफिसमा धुरन्धर, कान्तारा, कल्की र धुरन्धर २ लाई उछिनेको छ । अब यसअघि जवान, एनिमल, आरआरआर, ...
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...
। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् । शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय ...