मुख्य समाचार
भारतको लगातार दोस्रो जित
भारतको लगातार दोस्रो जित

। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गतको खेलमा भारतले नामिबियामाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।

टस जितेर पहिले फिल्डिङ रोजेको नामिबियाविरुद्ध भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रनको विशाल योगफल तयार पारेको थियो ।

भारतका लागि इशान किशनले २४ बलमा ६१ रनको विस्फोटक इनिङ्स खेले । उनले ६ चौका र ५ छक्का प्रहार गरे । सुरुआतमा सञ्जु स्यामसनले २२ रन जोडे भने किशन र तिलक वर्मा (२५) ले ३१ बलमा ७९ रनको तीव्र साझेदारी गर्दै टोलीलाई बलियो आधार दिलाए ।

मध्यक्रममा हार्दिक पाण्ड्याले २८ बलमा ५२ रन बनाउँदै टोलीको रनगति कायम राखे । उनले शिवम दुबेसँग पाँचौं विकेटका लागि ८१ रनको साझेदारी गर्दै भारतलाई २०० रन पार गराए । दुवेले २३ रन बनाए ।

अन्तिम ओभरतिर भने नामिबियाले उत्कृष्ट पुनरागमन गर्दै २०५/५ को अवस्थाबाट भारतलाई २०९/९ मा सीमित गर्‍यो । नामिबियाका कप्तान गेर्हार्ड एरास्मसले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए ।

जवाफमा नामिबियाले आक्रामक सुरुआत गरे पनि लक्ष्य भेट्टाउन सकेन । लौरन स्टेनक्याम्प र जान फ्राइलिंकले तीव्र गतिमा रन जोड्दै पहिलो पावरप्ले ५७/१ मा समाप्त गरेका थिए, जुन टी–२० विश्वकपमा नामिबियाको उत्कृष्ट पावरप्ले स्कोर बन्यो । फ्राइलिंक १५ बलमा २२ रन बनाएर अर्शदीप सिंहको सिकार बने ।

पछि वरुण चक्रवर्तीले उत्कृष्ट स्पिन बलिङ गर्दै स्टेनक्याम्प, जान निकोल लोफ्टी–इटन (१३) र जेजे स्मिटलाई छिट्टै आउट गर्दै नामिबियाको मध्यमक्रम ध्वस्त पारे ।

अक्षर पटेलले पनि कप्तान एरास्मसलाई आउट गर्दै विकेट मेडन ओभर फ्याँके । जसप्रित बुमराहले रुबेन ट्रम्पेलमनलाई ६ रनमा बोल्ड गर्दै भारतलाई सहज जिततर्फ डोर्‍याए ।

यो जितसँगै भारतले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पार्दै समूह ‘ए’ मा ४ अंक जोडेको छ । भारतले पहिलो खेलमा अमेरिकालाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम