मुख्य समाचार
चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश
चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश

— चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनलम खेलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिनजिक पुगेको हो ।

धरान रंगशालामा भएको खेलमा चर्च ब्वाइजलाई उपाधिनजिक पुर्याउन गोलकिपर प्रमञ्जय गच्छदार नायक बने । उनले झापा ११ को तीन वटा पेनाल्टी प्रहारलाई बिफल तुल्याए ।

आरोण थापामगर, राजेश दाहाल र गौरब धिमालको प्रहार उनले रोके । प्रसान्त लक्समको प्रहार गोलमा परिणत भयो । चर्च ब्वाइजका सुमित श्रेष्ठको प्रहार झापाका सब्सिच्युट गोलकिपर मनोज गुरुङले रोके पनि एरिक बिष्ट, रोहन कार्की र सुदिप श्रेष्ठले सहजै गोल गरे ।

त्यसअघि निर्धारित समयको सुरुवाती तेस्रो मिनेटमा मिलन राईको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । १६ औं मिनेटमा अबोयामी फकुन्लेले गोल थपेपछि चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । चर्च ब्वाइजका अभिषेक लामाले २७ औं मिनेटमा आत्माघाती गोल गरेपछी झापाले अग्रता छोट्यायो ।

एरोन थापामगरले ६१ औं मिनेटमा फ्रिकिक मार्फत गोल गरेपछि खेल २–२ को बराबरीमा आयो । त्यसपछि कुनै टिमबाट थप गोल नभएपछि खेलको निर्णय सिधैं पेनाल्टी सुटआउटबाट लिइएको हो । खेलको म्यान अफ द म्याच प्रमञ्जय गच्छदार घोषित हुँदै नगद १० हजार पाए । लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेडसाग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइज युनाइटेडले पोखराको लालीगुराास एसोसिएसनलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । सुरुआती गोलले पछि परेको अवस्थामा समेत पुनरागमन जित निकाल्दै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...