मुख्य समाचार
चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश
चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश

— चर्च ब्वाइज युनाइटेड २६ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनलम खेलमा झापा ११ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिनजिक पुगेको हो ।

धरान रंगशालामा भएको खेलमा चर्च ब्वाइजलाई उपाधिनजिक पुर्याउन गोलकिपर प्रमञ्जय गच्छदार नायक बने । उनले झापा ११ को तीन वटा पेनाल्टी प्रहारलाई बिफल तुल्याए ।

आरोण थापामगर, राजेश दाहाल र गौरब धिमालको प्रहार उनले रोके । प्रसान्त लक्समको प्रहार गोलमा परिणत भयो । चर्च ब्वाइजका सुमित श्रेष्ठको प्रहार झापाका सब्सिच्युट गोलकिपर मनोज गुरुङले रोके पनि एरिक बिष्ट, रोहन कार्की र सुदिप श्रेष्ठले सहजै गोल गरे ।

त्यसअघि निर्धारित समयको सुरुवाती तेस्रो मिनेटमा मिलन राईको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो । १६ औं मिनेटमा अबोयामी फकुन्लेले गोल थपेपछि चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । चर्च ब्वाइजका अभिषेक लामाले २७ औं मिनेटमा आत्माघाती गोल गरेपछी झापाले अग्रता छोट्यायो ।

एरोन थापामगरले ६१ औं मिनेटमा फ्रिकिक मार्फत गोल गरेपछि खेल २–२ को बराबरीमा आयो । त्यसपछि कुनै टिमबाट थप गोल नभएपछि खेलको निर्णय सिधैं पेनाल्टी सुटआउटबाट लिइएको हो । खेलको म्यान अफ द म्याच प्रमञ्जय गच्छदार घोषित हुँदै नगद १० हजार पाए । लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले उपाधिका लागि शनिबार प्लानिङ ब्वाइज युनाइटेडसाग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि सम्पन्न पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइज युनाइटेडले पोखराको लालीगुराास एसोसिएसनलाई २–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । सुरुआती गोलले पछि परेको अवस्थामा समेत पुनरागमन जित निकाल्दै प्लानिङ ब्वाइज उपाधिनजिक पुगेको हो । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम