मुख्य समाचार
प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब र चित्लाङ फुटबल क्लब खेल्ने
प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब र चित्लाङ फुटबल क्लब खेल्ने

— प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा नेपाल पुलिस क्लब र चित्लाङ फुटबल क्लब खेल्ने भएका छन् ।

गोरखा–१० छेवेटारस्थित खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनले भगवती क्लब टोखालाई ३–० गोल अन्तरले हराउँदै चित्लाङ फुटबल क्लब फाइनल पुगेको हो ।

खेलको ५३ र ७६ मिनेटमा चित्लाङका माटिन बावु टुन्डेले २ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने ९० मिटेनमा चेतन कुमार लिम्वुले गोल गरेका थिए । चित्लाङका टुन्डे खेलको प्लयेर अफ द म्याच पनि भए ।

त्यस्तै बुधबारको खेलमा आयोजक गोरखा स्पोर्टस काउन्सिललाई ३–० गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब फाइनलको प्रवेश गरिसकेको छ ।

माघ २४ गतेबाट भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । फाइनल खेल शनिबार छेवेटार खेलमैदानमा हुने छ ।

प्रतियोगिताको विजेता टिमले ८ लाख नगद पुरस्कार पाउने छ । उपविजेताले चार लाख पाउने छ । व्यक्तिगत विधा तर्फ उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता, उत्कृष्ट गोलकिप्पर र उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै गोरखको खेलकुद पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...