मुख्य समाचार
पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफ एफसीलाई २–१ गोलले पराजित
पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफ एफसीलाई २–१ गोलले पराजित

— पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफ एफसीलाई २–१ गोलले पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।

खेलकोपहिलो हाफमा एपीएफले लिएको अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनुपर्‍यो । खेलको ११ औं मिनेटमा एपीएफका युवराज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उक्त गोलसँगै एपीएफले खेलको गति आफ्नो पक्षमामोड्ने संकेत देखाएको थियो । तर अग्रता धेरैबेर टिक्न सकेन । दोस्रो हाफ भने निकै रोमाञ्चक बन्यो ।

मनाङले त्यसपछि खेलमा फर्किन दबाब बढायो ।५७औं मिनेटमा रोनिश ढेके राजभाकले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा ल्याए । उक्त गोलपछि मनाङ थप आक्रामक बनेको थियो । खेलको ७७ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।

एपीएफलेपहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि विपक्षी गोलरक्षकको सतर्कतार डिफेन्सको मजबुतीका कारण जाली हल्लिन सकेन । एपीएफले मध्यफंक्तिबाट आत्रमण बुन्ने प्रयास गरे पनि मनाङको रक्षापंक्तिले राम्रो समन्वय देखायो ।

६ पल्टको उपाधि विजेता मनाङले ४ फागुनमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडसँग क्वाटरफाइनल खेल्नेछ। शुक्रबार फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच अन्तिम प्रिक्वाटर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम