मुख्य समाचार
पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफ एफसीलाई २–१ गोलले पराजित
पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफ एफसीलाई २–१ गोलले पराजित

— पोखरामा जारी २५ औं आहा–रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबारको खेलमा खेलमा मनाङ मर्स्याङ्दी क्लबले विभागीय टोली एपीएफ एफसीलाई २–१ गोलले पराजित गरेको छ ।

पोखरा रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मनाङले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।

खेलकोपहिलो हाफमा एपीएफले लिएको अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिनुपर्‍यो । खेलको ११ औं मिनेटमा एपीएफका युवराज राईले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उक्त गोलसँगै एपीएफले खेलको गति आफ्नो पक्षमामोड्ने संकेत देखाएको थियो । तर अग्रता धेरैबेर टिक्न सकेन । दोस्रो हाफ भने निकै रोमाञ्चक बन्यो ।

मनाङले त्यसपछि खेलमा फर्किन दबाब बढायो ।५७औं मिनेटमा रोनिश ढेके राजभाकले बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा ल्याए । उक्त गोलपछि मनाङ थप आक्रामक बनेको थियो । खेलको ७७ औं मिनेटमा सुरेश कुमालले गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।

एपीएफलेपहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि विपक्षी गोलरक्षकको सतर्कतार डिफेन्सको मजबुतीका कारण जाली हल्लिन सकेन । एपीएफले मध्यफंक्तिबाट आत्रमण बुन्ने प्रयास गरे पनि मनाङको रक्षापंक्तिले राम्रो समन्वय देखायो ।

६ पल्टको उपाधि विजेता मनाङले ४ फागुनमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडसँग क्वाटरफाइनल खेल्नेछ। शुक्रबार फ्रेन्ड्स क्लब र प्लानिङ ब्वाइज युनाइटेडबीच अन्तिम प्रिक्वाटर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...