मुख्य समाचार
नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित
नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित

— फितलो ब्याटिङ गरेको नेपालले ट्वान्टी–२० विश्वकपको इटालीसँग १० विकेटले पराजित भएको छ । पहिलो पटक विश्वकपमा खेलिरहेको इटालीले एकतर्फी रुपमा नेपाललाई कुनै अवसर नै दिएन ।

मुम्बईको वानखडे रंगशालामा बिहीबार टस हारेपछि ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा १ सय २३ रनमा अलआउट भयो । मोस्का दाजुभाइ जस्टिन र एन्थोनीले आक्रामक ब्याटिङ गरेपछि इटालीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो । उनीहरुले नेपाली बलरलाई कुनै मौका नदिएपछि नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको हिसाबमा सबैभन्दा ठूलो हार स्विकार्न बाध्य भयो ।

पावर प्लेको पहिलो ६ ओभरमा बिना क्षति ६८ रन जोडेको इटालीले १० ओभरमा ९७ रन जोडेर विजयको औपचारिकतामात्र बाँकी राखेको थियो । जस्टिन ६० र एन्थोनी ६२ रन बनाई अविजित रहे । जस्टिनले ४४ बल खेल्दै ५ चौका र ३ छक्का तथा एन्थोनीले ३२ बल खेली ३ चौका र ६ छक्का प्रहार गरे ।

यसअघि हतारमा देखिएको नेपालको ब्याटिङ सुरुआत राम्रो हुन सकेन । ओपनर कुशल भुर्तेल दोस्रो ओभरमा १० बलमा ५ रन बनाई आउट भएपछि नेपालले सुरुआतदेखि दबाबमा खेलेको थियो । ६ ओभरमा ४६–१ को स्थितिमा रहेको नेपाल १० ओभरमा ६७–३ को स्थितिमा पुगेको थियो ।

सम्बन्धित समाचार
इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ
विनोद पाण्डे

माघ २९, २०८२
ट्वान्टी–२० विश्वकप : इटालीविरुद्ध नेपालको ब्याटिङ
विनोद पाण्डे

माघ २९, २०८२
ट्वान्टी-२० विश्वकप : श्रीलंकाको लगातार दोस्रो जित
कान्तिपुर संवाददाता

माघ २९, २०८२
कप्तान रोहित पौडल र आसिफ शेखलाई आउट गर्दै इटाली खेलमा फर्किएको थियो । क्रिसन कालुगामागेको बलमा रोहित बाउन्ड्री लाइनमा क्याच दिन पुगे । उनले १४ बल खेली २ छक्का प्रहार गर्दै २३ रन बनाए । दुई बलपछि आठौं ओभरमा आसिफ पनि बेन मानेन्टीको बलमा स्टम्प आउट हुन पुगे । आसिफले २० बल खेलि २ चौका प्रहार गरि २० रन बनाए ।

दीपेन्द्रसिंह ऐरी १८ बलमा १७ रन बनाई बोल्ड आउट भए । उनले कुनै बाउन्ड्री प्रहार गर्न सकेनन् । लोकेश बम ३ रनमै आउट भए । उनले पनि ठूलो सट प्रहार गर्नेक्रममा बेन मानेन्टीको बललाई बाउन्ड्री लाइनमा क्याच दिन पुगे । ओपनिङ बलरको रुपमा आएका अफ ब्रेक बलर मानेन्टीले ४ ओभरमा ९ रनमात्र खर्चेर २ विकेट लिए ।

आरिफले नेपालबाट सर्वाधिक २७ रन बनाए । उनले २४ बल खेली ३ चौका प्रहार गर्दै २७ रन बनाए । गुलशन झाले पुनः एक पटक निराश बनाए । उनले ४ बलमा ३ रनमात्र बनाउन सके । नन्दन यादव शून्यमा रनआउट भए ।

करण केसी र सन्दीपले नवौं विकेटमा १४ बलमा २१ रन जोडेपछि मात्र नेपालको स्कोर हेर्न लायक भएको थियो । सन्दीप ७ बलमा ५ रन बनाई आउट भए । करण ११ बल खेली समान १ चौका र १ छक्का प्रहार गरि १८ रनमा अविजित रहे । ललित राजवंशी २ बल खेलि शून्यमा रनआउट भए । कालुगामागेले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम