मुख्य समाचार
बंगलादेशमा २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनाको १५ वर्षे शासन समाप्त गरेपछि आज पहिलो पटक मतदान
बंगलादेशमा २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनाको १५ वर्षे शासन समाप्त गरेपछि आज पहिलो पटक मतदान

— बंगलादेशमा २०२४ को विद्यार्थी आन्दोलनले शेख हसिनाको १५ वर्षे शासन समाप्त गरेपछि आज पहिलो पटक मतदान भइरहेको छ । यहाँ ३ सय प्रत्यक्ष सिटमा संसदीय चुनाव र जनमतसंग्रह एकसाथ भइरहेको छ ।

बंगलादेशको निर्वाचन आयोगका अनुसार १२ करोड ७० लाख जनाले मतदाता सूचीमा नाम लेखाएका छन् । उनीहरूले देशभरका ४२ हजार ७ सय ७९ वटा मतदान केन्द्रबाट मत खसालिरहेका छन् ।

धेरैजसो स्थानमा शान्तिपूर्ण मतदान चलिरहेको पर्यवेक्षकहरुले जनाएका छन् । अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले १०ः २६ मिनेट जाँदा गुल्सन मोडल हाई स्कुलमा मत खसालेका छन् । मत खसालेपछि उनले निर्वाचनलाई नयाँ बंगलादेशको जन्मदिन भनेर व्याख्या गरे ।

उनको सरकारले २५ वटा राजनीतिक दलहरूसँगको छलफलपछि ल्याएको 'जुलाई वडापत्र २०२५' पारित गर्ने वा नगर्ने भन्‍ने विषयमा मतदाताहरूले आजै फैसला गर्नेछन् । यस वडापत्रमा प्रधानमन्त्रीको कार्यकाल सीमा, महिला प्रतिनिधित्व वृद्धिलगायत ८० वटा सुधार प्रस्ताव छ ।

जनमतसंग्रहले यस वडापत्रलाई अनुमोदन गरेमा आगामी संसद्‍ले अनिवार्य रूपमा यसमा उल्लेखित सुधारहरूलाई समेट्‍नेगरी संविधान संशोधन गर्नुपर्नेछ । वडापत्र अनुमोदन हुन नसकेमा संसद्‍लाई यी प्रस्ताव पारित गर्नुपर्ने बा्ध्यता हुनेछैन ।

ढाका–१७ र बगोरा–६ बाट उम्मेदवार रहेका बंगलादेश नेशनल पार्टीका अध्यक्ष तरिक रहमानले गुल्सन मोडल स्कुलबाटै मत खसालेका छन् । जमात् ई ईस्लामीका प्रमुख साफिकर रहमानले ८ः ३० बजे मनिपुर हाई स्कुलबाट मतदान गरे ।

केही स्थानमा झडप तथा केही स्थानमा बिस्फोटका घटना रिपोर्ट भएका छन् । गोपालगञ्जको निचुपारा क्षेत्रस्थित रेश्मा इन्टरनेसनल स्कूल मतदान केन्द्रमा बिहान ९ बजे भएको विस्फोटमा दुई अन्सार सदस्य र एक बालक घाइते भएकोसुपरिन्टेन्डेन्ट अफ पुलिस एमडी सर्वर हुसैनले द द डेली स्टारलाई बताएका छन् ।

त्यसैगरी, मुन्शिगञ्ज सदर उपजिलाको माखाती गुरुचरण हाई स्कूलमा बिहान १० बजे क्रुड बम विस्फोट भएको सदर प्रहरी स्टेसनका ओसी एमडी मोमिनुल इस्लामले पुष्टि गरेका छन् ।

यो निर्वाचनमा अवामी लिग प्रतिबन्धित छ । बांग्लादेश नेशनलिस्ट पार्टी (बीएनपी) र जमात–ए–इस्लामीको गठबन्धन मुख्य प्रतिस्पर्धी मानिएका छन् । विद्यार्थी आन्दोलनबाट जन्मिएको नेशनल सिटिजन पार्टी जमात् नेतृत्वको गठबन्धनमा छ । कुल ६० दल तथा स्वतन्त्र उम्मेदवारहरुले यस निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम