— प्रहरीले कपिलवस्तुबाट १७२ नाल बन्दुक संकलन गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न इजाजतप्राप्त हतियार समेत बुझाउन सर्बसाधारणलाई सूचना जारी गरेयता उक्त हतियार संकलन भएको हो ।
हतियार राख्न इजाजत लिएका व्यक्तिको घरबाटै प्रहरीले निर्वाचन अवधिभरका लागि उक्त हतियार संकलन गरी प्रहरी कार्यालयमा राखेएको छ ।
जिल्ला प्रशासन कार्यालयले ५ माघमा सूचना प्रकाशन गरी सर्बसाधारणलाई इजाजत लिएका बन्दुक प्रहरीलाई बुझाउन आग्रह गरेको थियो । २७ माघसम्ममा उक्त संख्याका बन्दुक प्रहरीले संकलन गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
‘सूचनापछि सर्बसाधारणले २०/२२ नाल हतियारमात्रै ल्याएर बुझाएका थिए ।,’ उनले भने, ‘पछि प्रहरी घरघर गएर संकलन गर्दा यो संख्यामा संकलन गर्न सकिएको हो ।’ निर्वाचनपछि रितपूर्वक सूचना प्रकाशनगरी सम्बन्धित धनीलाई हतियार बुझाइने उनले बताए ।