मुख्य समाचार
चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको
चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको

— राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र क्षेत्रमा देशभित्र र बाहिरका दशर्कले समेत सधैं सम्झिरहने वरिष्ठ अभिनेता सुनिल थापाको योगदान भावीपुस्ताका लागि प्रेरणाको स्रोत रहेको बताएका छन् ।

वरिष्ठ अभिनेता सुनिल थापाको निधनले आफू दुःखी भएको बताउँदै राष्ट्रपति पौडेलले सचिवालयमार्फत समवेदना सन्देश थापाको परिवालाई पठाएका हुन् । 'अभिनय, मोडलिङ, खेलकुद र चलचित्र क्षेत्रमा योगदान दिनुभएका थापा लाखौं दर्शकको मन जित्न सफल हुनुहुन्थ्यो, उहाँको अभिनयले सांगीतिक, क्रान्तिकारी तथा सामाजिक विषयका चलचित्रमा गहिरो प्रभाव पारेको छ,' राष्ट्रपति पौडेलले थापाका परिवारजनलाई बुधबार पठाएको समवेदना सन्देशमा उल्लेख गरेका छन् । उनले थापाको निधनले नेपाली चलचित्र क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।

राष्ट्रपति पौडेलले स्वर्गीय थापाको आत्माको चीरशान्तिको कामनासहित उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् । समवेदना सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र प्रमुख स्वकीय सचिव अवज्ञा पौडेलले थापाका परिवारलाई निवासमा पुगेर हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
। प्रधानमन्त्री बालेन शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिस भएको र एसिया प्यासिफिक स्क्रिन अवार्डमा मनोनयन भएको फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई बधाइ तथा शुभकामना दिएका छन् । बालेनले दुवै अवार्डमा सिफारिस र मनोनयन भएको ग्राफिक्स तस्वीर सामाजिक संजालमा सेयर गर्दै फिल्म हेर्न आग्रह गरेका छन् । लेख्छन्- हलमा दोस्रो हप्तामा लाग्दैछ है । अविनाशविक्रम ...
। ‘मिस युनिभर्स नेपाल’ का १४ जना फाइनलिस्ट सुन्दरीले फेसन रन-वेमा क्याट-वाक प्रस्तुति दिएका छन् । मंगलबार राति होटल सोल्टीमा आयोजित समारोहमा नेपाली कला, संस्कृति र मौलिकता दर्शाउने पहिरनमा आफूलाई प्रस्तुति दिए । उक्त फेसन-शोको उद्देश्य नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा फैलाउनु रहेको आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चर्सले जनाएको छ । रन-वेका लागि श्वेता आचार्य फेसन हाउस, प्रियान्शी ...
नेपाल-तिब्बत सीमामा आएको विनाशकारी पहिरो र आकस्मिक बाढीपछि हलिउड अभिनेता रिचर्ड गेरेले नेपाल र तिब्बतका जनताप्रति ऐक्यबद्धता जनाएका छन् । ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ,’ गेरेले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशमा लेखेका छन् । गेरेको नेपाल र तिब्बतसँग करिब ५० वर्षदेखि गहिरो सम्बन्ध छ । उनी सन् १९७८ मा ब्राजिलियन चित्रकार सिल्भिया मार्टिन्ससँग पहिलोपटक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम