मुख्य समाचार
प्रचण्डले फागुन २१ गतेको निर्वाचन देश जलाएर ध्वस्त पार्ने र समृद्ध बनाउन चाहनेबीचको लडाई भएको बताए
प्रचण्डले फागुन २१ गतेको निर्वाचन देश जलाएर ध्वस्त पार्ने र समृद्ध बनाउन चाहनेबीचको लडाई भएको बताए

: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गतेको निर्वाचन देश जलाएर ध्वस्त पार्ने र समृद्ध बनाउन चाहनेबीचको लडाई भएको बताएका छन् ।

बागलुङको बुत्र्तिबाङमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले आसन्न निर्वाचनमा उम्मेदवारहरुबीच मात्र नभई देशलाई विध्वंस गर्ने तत्व, प्रवृत्ति, त्यसलाई मलजल गर्ने विदेशी तागतहरू र सबैखाले अतिवाद र विध्वंशकारीका विरुद्ध राष्ट्रलाई एकताबद्ध बनाउनु पर्छ भन्ने प्रवृत्तिबीच प्रतिष्पर्धा हुने बताए ।

भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको बताउँदै उनले त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर संकटबाट जोगाएको दावी गरे ।

सतही रूपमा हेर्दा जेन–जी आन्दोलन जलाउने र लुट्ने मात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेन जस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी थियो ।

‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेन जस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,’ उनले भने, ‘त्यो सफल भएको भए अझ ठूलो दुर्घटना हुन्थ्यो । त्यसबाट बचाउन हामीले सहजीकरण गर्‍यौँ ।’

उक्त घटनाबाट संविधान केही हदसम्म घाइते भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो। युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे । उनले यो चुनावलाई राष्ट्रको वृहत्तर हित, स्वाधीनता, स्वतन्त्रता र नेपाली नागरिकको आत्मनिर्णयको अधिकार रक्षा गर्ने लडाईंका रुपमा लिन समेत आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र ...
— जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय कलम धामीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किएको थियो ...
सिटी र भिल्ला दूरी घटाउँदै
— निर्वाचन आयोगले आजदेखि हिमाली र विकट जिल्लाहरुमा मतपत्रसहित निर्वाचन सामाग्री पठाउन थालेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहान ११ वजेदेखि हिमाली र विकट जिल्लाहरुमा ढुवानी हुने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत जिल्लाहरुमा ढुवानी हुने जिसीले बताए। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ...
— सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले नेपालको संविधानले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा हुने व्यवस्था गरेको भन्दै अंग्रेजी भाषामा अनिवार्य गर्ने निर्णयमा रोक लगाएको हो । त्यस्तै देवनागरी लिपिमा निर्माण गर्न सक्ने बाटो ...