मुख्य समाचार
देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प नभएको
देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प नभएको

: प्रधानमन्त्री सुशीला कार्कीले देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प नभएको बताएकी छिन् । हिमाली जिल्लाहरूमा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा आज सोलुखुम्बु पुगेकी प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नभएको स्पष्ट पारेकी छन् । उनले सोलुसहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन हुने समेत बताएकी छन्।

जिल्ला सुरक्षा समितिसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण, भयरहित हुने भएकाले ढुक्कले चुनावमा भाग लिन उम्मेदवार, राजनीतिक दल र आम मतदातालाई आग्रह गरिन् । हिमाली भेगका दुर्गम मतदान केन्द्रहरुमा सुरक्षामा कुनै सम्झौता नगर्न आग्रह गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न समेत निर्देशन दिइन् ।

उनले मतदाताले कुनै किसिमको डर, दवाव र प्रभाव बिना मतदान गर्न सक्ने वातावरण बनाउन समेत निर्देशन दिइन् । उनले देशभर एकै पटक निर्वाचन हुने समेत जानकारी दिइन् ।

अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गरेकोे अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्री समक्ष प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिएका छन् ।

जिल्लामा १२३ मतदानस्थल छन् । यसमा सातवटा हिमाली क्षेत्रमा पर्ने प्रमुख जिल्ला अधिकारी केसीले जानकारी गराएका छन् । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजना समेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भरतपुरको प्रेमबस्ती स्कुलचोकमा आज बिहीबार बिहान सवेरै चार बजेतिर अटो रिक्सालाई स्कर्पियो गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार उक्त दुर्घटनामा थप चारजना घाइते भएका छन् । घाइतमध्ये तीनजनाको अवस्था मध्यम छ । एकजनाको सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र ...
— जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–१ लफडा गाउँमा भरुवा बन्दुक पड्किँदा एक युवकको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय कलम धामीको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको तीनतले घरको माथिल्लो तलामा बिजुली वायरिङ गर्ने क्रममा कोठाभित्र राखिएको भरुवा बन्दुक अचानक पड्किएको थियो ...
सिटी र भिल्ला दूरी घटाउँदै
— निर्वाचन आयोगले आजदेखि हिमाली र विकट जिल्लाहरुमा मतपत्रसहित निर्वाचन सामाग्री पठाउन थालेको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बिहान ११ वजेदेखि हिमाली र विकट जिल्लाहरुमा ढुवानी हुने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्फत जिल्लाहरुमा ढुवानी हुने जिसीले बताए। फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनका लागि ...
— सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट अंग्रेजी भाषामा अनिवार्य गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले नेपालको संविधानले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा हुने व्यवस्था गरेको भन्दै अंग्रेजी भाषामा अनिवार्य गर्ने निर्णयमा रोक लगाएको हो । त्यस्तै देवनागरी लिपिमा निर्माण गर्न सक्ने बाटो ...