मुख्य समाचार
मंगलबार रामेछापमा बस दुर्घटनामा परेका पीडित पक्ष र स्थानीयले यातायात सञ्चालनमा अवरोध
मंगलबार रामेछापमा बस दुर्घटनामा परेका पीडित पक्ष र स्थानीयले यातायात सञ्चालनमा अवरोध

: मंगलबार रामेछापमा बस दुर्घटनामा परेका पीडित पक्ष र स्थानीयले यातायात सञ्चालनमा अवरोध गरेका छन्। काठमाडौंबाट रामेछापको मन्थली-ढाडे हुँदै ओखलढुंगातर्फ जाँदै गरेको प्र-३ ००१-०५ ख ९९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकैको मोडमा दुर्घटना हुँदा १२ जनाको मृत्यु र ८ जना घाइते भएपछि पीडितले यातायात रोकेका हुन्।
बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने उनीहरूको माग छ।उनीहरूले अरनिको यातायात व्यवसायी समिति सम्पर्कमा आउन, वार्तामा बस्न र मृतकका परिवार, घाइतेलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित मन्थलीबाट काठमाडौं र तराईतर्फ जाने-आउने र मन्थली-खिम्ती सडकतर्फ जाने आउने सवारी साधन बन्द गरेका हुन्।

सडक अवरोध भएपछि अरनिको यातायातको बस रोकिएका छन्। १२ जनाको मृत्यु हुने गरि दुर्घटना हुँदा पनि स्थानीय प्रशासन र अरनिको यातायात समितिले कुनै चासो नदिएको भन्दै स्थानीयहरुले बुधबार बिहानैदेखि रामेछापमा सडक अवरुद्ध गरेका हुन्। माग पूरा नभएसम्म उनीहरुले मृतकहरूको शव जिम्मा लिन अस्वीकार गरेका छन् ।


दुर्घटनाको विषयमा छलफल गर्न जिल्ला प्रशासन कार्यालय, मन्थलीमा सर्वदलीय बैठक बसिरहेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा लिखु तामाकोशी गाउँपालिका-४ बिजुलीकोटकी २५ वर्षीया बबि तामाङ, वडा-४ का २८ वर्षीय दीपेश बस्नेत, वडा-४ का दीपेन्द्र बस्नेत, वडा-७ का ३५ वर्षीया सानुमाया तामाङ, ३१ वर्षीया तारा तामाङ, ३६ वर्षीय भिमबहाबहादुर तामाङ, २४ वर्षीया रमिता तामाङ, वडा-३ चित्रेकी १७ वर्षीय सुकृत तामाङ, वडा-६ खिम्तीकी ४५ वर्षीया मन कुमारी बरुवाल, उमाकुण्ड गाउँपालिका- ६ गुप्तेश्वरका ५७ वर्षीय धर्मसिंह सुनुवार, सिन्धुली गोलन्जोर गाउँपालिका वडा-६ का ३४ वर्षीय शिव श्रेष्ठ, दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर-८ का ६० वर्षीय मानबहादुर तामाङको मृत्यु भएको हो।

घाइतेको धुलिखेल र काठमाडौंको अस्पतालमा उपचार भइरहेको छ। बस तामाकोशी नदीमा खसेको थियो। सुरक्षाकर्मी र स्थानीयले बसलाई किनारामा निकालेका छन्। केही व्यक्ति बेपत्ता भएकाले खोजी कार्य जारी रहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी गरेका छन् । पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टीले आजको आवश्यकता अनुसारकै घोषणापत्र समेत ल्याएको दावी गरे । युवाहरूमा पहिला अलिअलि कन्फ्युजन जस्तो भएको, तीन वटा पार्टी, तीन वटा नेता भनेर निकै नै प्रचार ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दावी गरेकाे छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् । कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ ? भनेर सोधेका थिए ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नगरेको बताएका छन्। पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन। ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद ...
: बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ। दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो। उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, ...