मुख्य समाचार
क्यानडाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको ज्यान गएको छ
क्यानडाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको ज्यान गएको छ

: क्यानडाको एक विद्यालयमा अन्धाधुन्ध गोली चल्दा १० जनाको ज्यान गएको छ । क्यानडाको ब्रिटिस कोलम्बिया प्रान्तको टम्बलर रिज शहरस्थित एक हाई स्कुलमा बुधबार बिहानै अन्धाधुन्ध गोली प्रहार गरिँदा १० जनाको मृत्यु भएको छ ।

गोली लागेर २५ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृतकमा कोही विद्यार्थी छन् कि छैनन् भन्ने कुरा अझै खुलेको छैन । घटनापछि स्कुल बन्द गरिएको छ । स्थानीय विधायक ल्यारी न्युफेल्डले भनेका छन्, ‘स्थिति नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पठाइएको छ ।’


उनले आफ्ना प्रियजन खोज्न बाहिर निस्केका मानिसहरूलाई घर फर्कन र सुरक्षित रहन अपिल गरेका छन् । क्यानडाको सरकारी वेबसाइटका अनुसार, घटना भएको टम्बलर रिज माध्यमिक विद्यालयमा कक्षा ७ देखि १२ सम्म १७५ विद्यार्थी पढ्छन् । रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) को उत्तरी जिल्ला कमान्डर केन फ्लोयडले अवस्था गम्भीर रहेको बताए ।

उनले स्कुल प्रशासन, आपत्कालीन टोली र स्थानीय बासिन्दाले घटना व्यवस्थापनमा प्रहरीलाई सहयोग गरेको जानकारी दिए । प्रहरीका अनुसार, स्कुलमा गोली प्रहार भएको खबर स्थानीय समय मध्यराति १ः२० बजे प्राप्त भएको थियो । जानकारी पाएपछि स्कुलमा घटनास्थल प्रवेश गर्दा धेरै मानिस घाइते र मृत अवस्थामा फेला परेका हुन् । आक्रमणकारी ठानिएका एक व्यक्ति पनि मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम