मुख्य समाचार
दुर्घटनामा घाइते भएका युवकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा
दुर्घटनामा घाइते भएका युवकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

: मोरङको धनपालथानमा दुर्घटनामा परेर घाइते भएका एक जना युवकको मृत्यु भएको छ । विराटनगर–कर्सिया हुलाकी सडक खण्डअन्तर्गत धनपालथान गाउँपालिका–६ कदमाहामा गत माघ २२ गते दिउँसो दुर्घटना भएको थियो । विराटनगरबाट कर्सियातर्फ जाँदै गरेको प्रदेश १–०२–००४१ प ३४१६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–००१–०४७ प ७८१२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका ७८१२ नम्बरको मोटरसाइकलको पछाडि सवार धनपालथान गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय प्रदीप विकको बुधबार साँझ मृत्यु भएको हो । उनको विराटनगरको कोशी अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलका चालक धनपालथान–६ का ५४ वर्षीय श्रवण मुर्मूलाई नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेर मुर्मू पनि सामान्य घाइते भएका थिए । उपचारपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुर्घटनामा परेर ३४१६ नम्बरको मोटरसाइकलका चालक कटहरी गाउँपालिका–२ का २७ वर्षीय लक्ष्मीप्रसाद साह पनि घाइते भएका थिए । कोशी अस्पतालबाट उनलाई थप उपचारका लागि मोरङ सहकारी अस्पताल रेफर गरिएको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी गरेका छन् । पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टीले आजको आवश्यकता अनुसारकै घोषणापत्र समेत ल्याएको दावी गरे । युवाहरूमा पहिला अलिअलि कन्फ्युजन जस्तो भएको, तीन वटा पार्टी, तीन वटा नेता भनेर निकै नै प्रचार ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दावी गरेकाे छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् । कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ ? भनेर सोधेका थिए ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नगरेको बताएका छन्। पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन। ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद ...
: बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ। दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो। उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, ...