मुख्य समाचार
काठमाडौं महानगरपालिकाले विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं महानगरपालिकाले विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने

: काठमाडौं महानगरपालिकाले विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। बालबालिकाहरूमा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवर्द्धन गर्न ४ वटा सामुदायिक विद्यालयहरूमा नमूना कार्यक्रममार्फत सुरु हुने महानगरले जनाएको छ।


‘साना डाक्टर कार्यक्रम’को अवधारणा, कार्यक्रम सञ्चालन रणनीतिका विषयमा महानगरले बुधबार कार्यशाला गरी छलफल गरेको छ। कार्यशालामा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, स्वास्थ्य सचेतना अभिवृद्धि गर्न र बालबालिका बिचको सहसिकाइका लागि यो विधि उपयुक्त भएको बताइन्। ‘विद्यालयमा कार्यक्रम लैजाँदा कार्यान्वयन गर्नेलाई बोझ महसुस हुने गरी लैजानु हुँदैन।’ उनले भनिन्,‘आवश्यक छ, जसरी पनि कार्यान्वयनमा जानु पर्छ भन्ने तत्परता जागृत गराउनुपर्छ। अनि मात्र कार्यक्रम दिगो र प्रभावकारी हुन्छ। यसको नतिजा ढिलो देखिन्छ। तर, सकारात्मक हुन्छ।’



उनले सामुदायिक विद्यालयहरूमा सफल बनाएर संस्थागत विद्यालयमा विस्तार गर्नुपर्ने बताइन्। उनले भनिन्,‘सामुदायिक विद्यालयहरूमा सफल बनाएर संस्थागत विद्यालयहरूमा पनि विस्तार गर्नुपर्छ।’



विद्यालयहरुमा किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम पनि चाहिएको छ। null

शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले भने,‘सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सकारात्मक प्रतिस्पर्धाका लागि आत्मविश्वासयुक्त बनाउनु पर्नेछ।’

कार्यशालामा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सीले नमुना कार्यक्रमबाट प्राप्त पृष्ठपोषणका आधारमा बृहत कार्यक्रम तर्जुमा गरिने बताए। उनले भने,‘सम्भवतः यो कार्यक्रम विद्यालयहरुमा पहिलो हुनुपर्छ। यसलाई नतिजा प्रदान गर्ने बनाउँछौँ।’

विद्यालयमा अध्ययनरत छात्रछात्रालाई स्वास्थ्यका विषयमा प्रशिक्षित गराएर स्वास्थ्य दूतका रुप विकास गर्ने कार्यक्रमलाई साना डाक्टर कार्यक्रम दिइएको हो। विद्यार्थी आफू, परिवार र समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने कार्यक्रमको लक्ष्य हो।

कार्यक्रममा व्यक्तिगत सरसफाइ र स्वच्छता, पोषण, जीवनशैली र नसर्ने रोग, सरुवा रोग र एन्टीमाइक्रोवियल रेसिस्टेन्स, प्राथमिक उपचार र सुरक्षा तथा मानसिक स्वास्थ्य र नेतृत्व गरी ५ वटा विषयमा प्रशिक्षण प्रदान गरिने तयारी छ। पाठ्यक्रममा आधारित ३ महिना तालिम दिएपछि बाँकी ९ महिना विद्यार्थीहरुलाई समूहगत रुपमा निरोगात्मक स्वास्थ्य प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न दिइन्छ। एउटा स्वास्थ्य क्लवमा १५ जनादेखि २० जनासम्म छात्रछात्रा राखिनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिजन भएको नयाँ पार्टी नै आफ्नो भएको दावी गरेका छन् । पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टीले आजको आवश्यकता अनुसारकै घोषणापत्र समेत ल्याएको दावी गरे । युवाहरूमा पहिला अलिअलि कन्फ्युजन जस्तो भएको, तीन वटा पार्टी, तीन वटा नेता भनेर निकै नै प्रचार ...
: नेपाली कांग्रेसले सामाजिक सञ्जालमा चर्चा गरे जस्तो अवस्था भूगोलमा नरहेको दावी गरेकाे छ । आज काठमाडौं अनामनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले चुनावी माहोलको विश्लेषण गर्दै यस्तो निष्कर्ष सुनाएका हुन् । कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको पृष्ठभूमिमा सञ्चारकर्मीले बालेन शाहको लोकप्रियतालाई कत्तिको चुनौती ठान्नु हुन्छ ? भनेर सोधेका थिए ...
: उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म जारी भएका चुनावी प्रतिबद्धता कुनै पनि राजनीतिक दलहरूले ५ प्रतिशत पनि कार्यान्वयन नगरेको बताएका छन्। पूर्वका जिल्लाहरूमा चुनावी अभियानका लागि आज बिहान झापा आइपुगेका अध्यक्ष घिसिङले भद्रपुरमा पत्रकारहरूसँग गरेको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन्। राजनीतिक दलहरूले लागू गर्न नसकेको चुनावी प्रतिबद्धता पत्र जारी गर्नुको कुनै अर्थ छैन। ...
: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित १० ‘भीआईपी’ लाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रकाश पाठकमाथि अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ। जिल्ला अदालत काठमाडौंले पाठकलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले पाठकमाथि अनुसन्धान गर्न जिल्ला अदालतले तीन दिनको म्याद ...
: बर्दिया मार्ग हुँदै अनधिकृत रूपमा भारत लैजान लागिएका तीन जना नेपाली बालबालिकाको नेपाल प्रहरीले उद्धार गरेको छ। दाङको घोराहीबाट एक जना दाङका र दुई जना रोल्पाका बालबालिकालाई भारतीय नागरिकहरूले बर्दियाको बाटो हुँदै भारत लैजाँदै गरेको अवस्थामा बर्दियाको गुलरिया नगरपालिका–७ भन्सार रोड क्षेत्रबाट प्रहरीले उद्धार गरेको हो। उद्धार गरिएका बालबालिकामा दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक, ...