मुख्य समाचार
ट्वान्टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने
ट्वान्टी–२० विश्वकपमा पहिलो पटक नेपाल र इटाली आमनेसामने

— नेपालले इटालीसँग १०–१५ वर्षअघि केही प्रतिस्पर्धा विश्व क्रिकेट लिगमा गर्ने गरेको थियो । डीवाई पाटिल रंगशालाभित्र बुधबार ट्वान्टी–२० विश्वकपको खेलअघि आयोजित पत्रकार सम्मेलनमा इटालियन टोलीका कप्तान र प्रशिक्षकमाथि त्यसै सम्बन्धित प्रश्न वर्षिएको थियो ।

पत्रकार सम्मेलनपछि नेपाली मिडिया एक हुल एउटा कुनामा थियो । इटालीका प्रशिक्षक जोन डेभिसन त्यही कुनातिर पुगे । पत्रकार सम्मेलनमा गरिएको प्रश्नको भाव मिलाउँदै उनले भने, ‘तिमीहरू पक्कै नेपालको मिडियाबाट हुनुपर्छ ।’

इटाली पहिलो पटक ट्वान्टी–२० विश्वकप खेल्दै छ । तर डेभिसन विश्वकप अनुभवले खारिएका व्यक्ति हुन् । सन् २००३ को एकदिवसीय विश्वकपमा उनले क्यानडाबाट खेल्दै ६७ बलमै शतक बनाएका थिए । यो शतक त्यो विश्वकपकै सबैभन्दा कम बलमा बनेको शतक थियो । डेभिसन जतिखेर खेल्थे ट्वान्टी–२० को जन्मेकै थिएन, अन्यथा छोटो भर्सनको यो क्रिकेटमा उनी सुपर स्टार हुनसक्थे ।

बेलायतमा जन्मेर अस्ट्रेलियामा घरेलु क्रिकेट खेलेर उनी क्यानडा पुगेका थिए । पछि क्यानडाको कप्तानी गरे । अहिले इटाली टोलीमा अधिकांश यस्तै खेलाडी छन्, कोही अस्ट्रेलिया, कोही इंग्ल्यान्ड र केही दक्षिण अफ्रिकाबाट आएका । विश्वकपमा देशको प्रतिनिधित्व गरिरहँदा केही खेलाडी अझै इटाली पनि पुगेका छैनन् ।


‘इटालीमा क्रिकेटको विकास गर्नु हाम्रो मुख्य उद्देश्य हो,’ इटालीका कप्तान वायन म्याडसेनले भन्छन् । उनी ४२ वर्षका भए । दक्षिण अफ्रिकाको डरबान हुँदै उनी इटाली पुगेका थिए । इंग्ल्यान्डको द हन्ड्रेड, भाइटालिटी ब्लास्ट, दक्षिण अफ्रिकाको ट्वान्टी–२०, पाकिस्तान सुपर लिग, बंगलादेश प्रिमियर लिग, अबुधाबी टी–१० खेलेको अनुभव छ । उनी भन्दै थिए, ‘इटालीको नक्सामा क्रिकेट ल्याउन सकेकोमा गर्व लाग्छ । विश्वकपमा प्रर्दशनमार्फत अझै धेरै गर्ने योजना राखेका छौं ।’

केही वर्षअघि मात्र हो, विश्व क्रिकेट लिगको संरचनामा नेपालभन्दा अगाडि थियो इटाली । नेपाल बल्लबल्ल सन् २००८ मा विश्व क्रिकेट लिगको संरचनामा छिरेको थियो । २०१० मा नेपाल डिभिजन ५ मा पुग्दा इटाली डिभिजन ४ मा अड्डा जमाएर बसेको थियो ।



नेपाल र इटाली आमनेसामने भएको सन् २००५ देखि नै हो । मलेसियामा भएको विश्व क्रिकेट लिग २ छनोटमा शक्ति गौचनको अविजित १ सय ६ रनमा नेपालले इटालीलाई हराएको थियो । यो नेपाली खेलाडीको केवल दोस्रो अन्तर्राष्ट्रिय शतक थियो । तर, नेपाल विश्व क्रिकेट लिग २ छनोटबाटै हरायो भने इटाली डिभिजन २ मा पुग्यो ।

नेपालले होस्टेमा हैंसे गर्दै डिभिजन ४ मा पुगेपछि मात्र पुनः इटालीसँग खेल्ने अवसर पायो । इटाली भने त्यसको ठीक उल्टो डिभिजन २ बाट झर्दै डिभिजन ४ मा आइपुगेको थियो । २०१० मा इटालीमै भएको डिभिजन ४ मा नेपालले इटालीमाथि ५ विकेटको जित पाएको थियो । इटालीलाई ७१ रनमा अलआउट गरेपछि नेपालले त्यो लक्ष्य २५ ओभरमा पूरा गरेको थियो ।



त्यसपछि नेपालको इटालीसँगको अर्को भेट २०१३ मा बर्मुडामा भयो । डिभिजन ३ को समूह चरणको अन्तिम खेलमा नेपालले ८ विकेटको जित पाएको थियो । इटालीले पूरा ५० ओभर खेलेर ९ विकेटमा १ सय २७ रन बनाएको थियो । नेपालले १५ ओभरभित्रै १ सय २९ रन बनाएर फाइनलमा स्थान सुरक्षित गर्दै डिभिजन २ को यात्रा थालेको हो । त्यसयता नेपालले विश्व क्रिकेटमा लामो फड्को मारिसकेको छ । इटाली भने निरन्तर ओरालो लागिरहेको थियो । अन्तर्राष्ट्रिय हिसाबमा पनि नेपालभन्दा पुरानो हो इटालीको क्रिकेट । इटालीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट १९९५ मा एसोसिएट सदस्यता पाएको थियो । त्यसको एक वर्षपछि मात्र नेपाल यो स्थानमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम