मुख्य समाचार
इटलीका कप्तान र प्रशिक्षक नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्
इटलीका कप्तान र प्रशिक्षक नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्

। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालसँगको खेलअघि इटलीका कप्तान वायन म्याड्सेन र प्रशिक्षक जोन डेभिसनले वाङ्खेडे स्टेडियममा नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् ।

बुधबार भएको प्रि–म्याच प्रेस कन्फेरेन्समा कप्तान म्याड्सेनले वाङ्खेडे विश्व क्रिकेटकै प्रतिष्ठित मैदान भएको भन्दै यहाँ भरिपूर्ण दर्शकसामू खेल्न पाउनु ठूलो अवसर भएको बताए । उनले नेपाली समर्थकको उपस्थितिले वातावरण विशेष बन्ने विश्वास व्यक्त गरे ।

तर म्याड्सेन भने स्कटल्यान्डविरुद्धको पहिलो खेलमा बोकेको चोटका कारण नेपालविरुद्धको खेलमा खेल्ने छैनन् । उनले स्क्यान रिपोर्ट सकारात्मक देखिए पनि थप ४८–७२ घण्टा आराम आवश्यक भएकाले आफू मैदानबाहिर रहने जानकारी दिए । उनको अनुपस्थितिमा उपकप्तान ह्यारी मानेन्तीले टोलीको कप्तानी सम्हाल्नेछन् ।

इटली पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । पहिलो खेल अपेक्षाअनुसार नजाँदा टोली निराश भए पनि अब पुनः केन्द्रित भएर प्रदर्शन सुधार्ने लक्ष्य रहेको म्याड्सेनले बताए । ‘हामीसँग बलियो टोली छ । सबै खेल जित्न सक्षम छन् । पहिलो खेलपछि हामी पुनः केन्द्रित भएका छौं र अब राम्रो प्रदर्शन गर्ने लक्ष्य छ’ उनले भने ।

डेभिसनले टी–२० क्रिकेटमा कुनै पनि टोलीले एक–दुई उत्कृष्ट प्रदर्शनबाट खेल जित्न सक्ने भएकाले नेपालविरुद्ध आत्मविश्वासका साथ मैदान उत्रिने बताए । इंग्ल्यान्डविरुद्ध नेपालले दिएको टक्कर बारे प्रशिक्षक डेभिसनले भने, ‘टी–२० क्रिकेटमा एक–दुई उत्कृष्ट प्रदर्शनले खेल जित्न सकिन्छ । नेपाल मात्र होइन, अन्य एसोसिएट टोलीहरूले पनि राम्रो प्रदर्शन गरेका छन्, त्यसले हामीलाई आत्मविश्वास दिएको छ।’

इटलीका खेलाडीहरू विभिन्न पेशासँग जोडिएका भए पनि विश्वकपमा खेल्नु उनीहरूका लागि विशेष अवसर भएको म्याड्सेनले बताए । टोलीले यसलाई सिकाइ र विकासको महत्वपूर्ण चरणका रूपमा लिएको उनले बताए । साथै भारतमा खेल्दा इटलीमा क्रिकेटको विकास र लोकप्रियता बढाउन सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाल समर्थकको ठूलो उपस्थितिबारे बोल्दै म्याड्सेनले त्यस्तो वातावरण विरलै पाइने भएकाले खेलाडीलाई त्यसलाई आत्मसात् गर्दै रमाएर खेल्न निर्देशन दिएको बताए । ‘ठूलो भीडको सामना गर्नु हाम्रो लागि नयाँ होइन । यस्तो वातावरण विरलै पाइन्छ, त्यसैले खेलाडीलाई रमाएर खेल्न भनेका छौं’ प्रशिक्षक डेभिसनले पनि थपे, ‘खाली रंगशालाभन्दा ३५ हजार नेपाली समर्थकमाझ खेल्नु अझ राम्रो अनुभव हो।’

इटली क्रिकेटको भविष्यबारे म्याड्सेनले घरेलु संरचना, प्रशिक्षण, सुविधा र ग्रास पिचको विकास आवश्यक रहेको बताए । ओलम्पिकमा क्रिकेट समावेश भएपछि देशभित्र क्रिकेट पूर्वाधार विस्तार गर्ने योजनामा काम भइरहेको उनले जानकारी दिए ।

नेपाल र इटलीबीच बिहीबार दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियममा खेल हुँदैछ । नेपाल पनि पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएकाले दुवै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन् ।

प्रशिक्षक डेभिसनले टोलीको तयारी राम्रो भएको र अवसर पाए जित निकाल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...