मुख्य समाचार
इटलीका कप्तान र प्रशिक्षक नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्
इटलीका कप्तान र प्रशिक्षक नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन्

। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालसँगको खेलअघि इटलीका कप्तान वायन म्याड्सेन र प्रशिक्षक जोन डेभिसनले वाङ्खेडे स्टेडियममा नेपाली समर्थकमाझ खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् ।

बुधबार भएको प्रि–म्याच प्रेस कन्फेरेन्समा कप्तान म्याड्सेनले वाङ्खेडे विश्व क्रिकेटकै प्रतिष्ठित मैदान भएको भन्दै यहाँ भरिपूर्ण दर्शकसामू खेल्न पाउनु ठूलो अवसर भएको बताए । उनले नेपाली समर्थकको उपस्थितिले वातावरण विशेष बन्ने विश्वास व्यक्त गरे ।

तर म्याड्सेन भने स्कटल्यान्डविरुद्धको पहिलो खेलमा बोकेको चोटका कारण नेपालविरुद्धको खेलमा खेल्ने छैनन् । उनले स्क्यान रिपोर्ट सकारात्मक देखिए पनि थप ४८–७२ घण्टा आराम आवश्यक भएकाले आफू मैदानबाहिर रहने जानकारी दिए । उनको अनुपस्थितिमा उपकप्तान ह्यारी मानेन्तीले टोलीको कप्तानी सम्हाल्नेछन् ।

इटली पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको थियो । पहिलो खेल अपेक्षाअनुसार नजाँदा टोली निराश भए पनि अब पुनः केन्द्रित भएर प्रदर्शन सुधार्ने लक्ष्य रहेको म्याड्सेनले बताए । ‘हामीसँग बलियो टोली छ । सबै खेल जित्न सक्षम छन् । पहिलो खेलपछि हामी पुनः केन्द्रित भएका छौं र अब राम्रो प्रदर्शन गर्ने लक्ष्य छ’ उनले भने ।

डेभिसनले टी–२० क्रिकेटमा कुनै पनि टोलीले एक–दुई उत्कृष्ट प्रदर्शनबाट खेल जित्न सक्ने भएकाले नेपालविरुद्ध आत्मविश्वासका साथ मैदान उत्रिने बताए । इंग्ल्यान्डविरुद्ध नेपालले दिएको टक्कर बारे प्रशिक्षक डेभिसनले भने, ‘टी–२० क्रिकेटमा एक–दुई उत्कृष्ट प्रदर्शनले खेल जित्न सकिन्छ । नेपाल मात्र होइन, अन्य एसोसिएट टोलीहरूले पनि राम्रो प्रदर्शन गरेका छन्, त्यसले हामीलाई आत्मविश्वास दिएको छ।’

इटलीका खेलाडीहरू विभिन्न पेशासँग जोडिएका भए पनि विश्वकपमा खेल्नु उनीहरूका लागि विशेष अवसर भएको म्याड्सेनले बताए । टोलीले यसलाई सिकाइ र विकासको महत्वपूर्ण चरणका रूपमा लिएको उनले बताए । साथै भारतमा खेल्दा इटलीमा क्रिकेटको विकास र लोकप्रियता बढाउन सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।

नेपाल समर्थकको ठूलो उपस्थितिबारे बोल्दै म्याड्सेनले त्यस्तो वातावरण विरलै पाइने भएकाले खेलाडीलाई त्यसलाई आत्मसात् गर्दै रमाएर खेल्न निर्देशन दिएको बताए । ‘ठूलो भीडको सामना गर्नु हाम्रो लागि नयाँ होइन । यस्तो वातावरण विरलै पाइन्छ, त्यसैले खेलाडीलाई रमाएर खेल्न भनेका छौं’ प्रशिक्षक डेभिसनले पनि थपे, ‘खाली रंगशालाभन्दा ३५ हजार नेपाली समर्थकमाझ खेल्नु अझ राम्रो अनुभव हो।’

इटली क्रिकेटको भविष्यबारे म्याड्सेनले घरेलु संरचना, प्रशिक्षण, सुविधा र ग्रास पिचको विकास आवश्यक रहेको बताए । ओलम्पिकमा क्रिकेट समावेश भएपछि देशभित्र क्रिकेट पूर्वाधार विस्तार गर्ने योजनामा काम भइरहेको उनले जानकारी दिए ।

नेपाल र इटलीबीच बिहीबार दिउँसो सवा ३ बजेदेखि वाङ्खेडे स्टेडियममा खेल हुँदैछ । नेपाल पनि पहिलो खेलमा इंग्ल्यान्डसँग पराजित भएकाले दुवै टोली आफ्नो पहिलो जितको खोजीमा हुनेछन् ।

प्रशिक्षक डेभिसनले टोलीको तयारी राम्रो भएको र अवसर पाए जित निकाल्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम