मुख्य समाचार
आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित
आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित

। आईसीसी टी-२० विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार भएको समूह ‘डी’ अन्तर्गतको खेलमा न्युजिल्यान्डले कीर्तिमानी साझेदारीका साथ यूएईलाई १० विकेटले पराजित गरेको हो ।

यूएईले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.२ ओभरमा बिना कुनै विकेटको क्षतिमा १७५ रन बनाउँदै पूरा गरेको हो । ओपनर टिम सेइफर्टले अविजित ८९ तथा फिन एलेनले अविजित ८४ रन बनाए ।
यी दुईबीच भएको १७५ रनको साझेदारी टी-२० विश्वकप इतिहासमा कुनैपनि विकेटका लागि भएको सबैभन्दा उच्च साझेदारी हो । यसअघि सन् २०२२ को सेमिफाइनलमा भारतविरुद्ध इंग्ल्यान्डका एलेक्स हेल्स र जस बट्लरले १७० रनको साझेदारीका साथ खेल १० विकेटले नै जितेका थिए ।

यो समग्र टी-२० विश्वकप इतिहासमै सातौंपटक १० विकेटको जितको नतिजा हो भने दुईपटक १० विकेटको जित निकाल्ने टिम इंग्ल्यान्ड मात्र हो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । कप्तान मुहम्मद वासीमले अविजित ६६ रन बनाए भने अलिशान सराफुले ५५ रन बनाए ।

न्युजिल्यान्डका म्याट हेनरीले २ विकेट लिँदा ज्याकब डफी, लकी फर्गुसन, मिचेल सान्टनर र ग्लेन फिलिप्सले १-१ विकेट लिए ।

न्युजिल्यान्डले यसअघि पहिलो खेलमा अफगानिस्तानलाई हराएको थियो । यूएईले भने आज पहिलो खेल खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम