मुख्य समाचार
वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले अहिले भइरहेको आईसीसी टी-२० विश्वकपमा ३०० रन प्रहार गर्नेतर्फ आफूहरूको ध्यान नरहेको बताए
वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले अहिले भइरहेको आईसीसी टी-२० विश्वकपमा ३०० रन प्रहार गर्नेतर्फ आफूहरूको ध्यान नरहेको बताए

। वेस्ट इन्डिजका मुख्य प्रशिक्षक डारेन सामीले अहिले भइरहेको आईसीसी टी-२० विश्वकपमा ३०० रन प्रहार गर्नेतर्फ आफूहरूको ध्यान नरहेको बताएका छन्

टी-२० विश्वकपको समूह ‘सी’ अन्तर्गत इंग्ल्यान्डसँग बुधबार हुने खेलअघि मंगलबार वाङ्खेडे स्टेडियममा भएको प्रि म्याच प्रेस कन्फेरेन्समा सामीले ३०० रन हान्नेतर्फ भन्दा पनि कन्डिशन अनुसार खेल्ने बताए ।


‘३०० रन हामी हान्दैनाैं। हामी कन्डिसन अनुसार खेल्छाैं’ उनले पार स्कोर अनुसार रन बनाउने बताए । यस विश्वकपमा टेस्ट राष्ट्रले ३०० रन हान्ने विषयमा चर्चा भइरहँदा सुरुवाती ११ खेल हुँदा दुई टिमले मात्र २०० रनको स्कोर कटाएको छ । त्यही प्रसंगमा सोधिएको प्रश्नमा सामीले प्रतिक्रिया दिएका हुन् ।

वेस्ट इन्डिजले बुधबार साँझ ७ बजे वाङ्खेडे मैदानमा आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डसँग खेल्दैछ । पहिलो खेलमा वेस्ट इन्डिजले स्कटल्यान्डलाई हराएको थियो ।



सामीले अहिलेको ध्यान इंग्ल्याण्डविरुद्धको खेलमा रहेको बताए । इंग्ल्याण्ड भोलिको चुनाैती हो । उनीहरूको राम्रो टिम छ । हामी त्यसैमा केन्द्रित छाैं’ सामीले भने । सामीले भारतमा विश्वकप खेल्दा फाइदा हुने पनि बताए ।

सामीकै कप्तानीमा वेस्ट इन्डिजले दुई पटक टी-२० विश्वकप उपाधि जितिसकेको छ । पहिलोपटक सन् २०१२ अनि त्यसपछि २०१६ मा उपाधि जितेको थियो ।

उनले २०१६ को टी-२० विश्वकप उपाधि स्पेशल भएको पनि बताए । ‘२०१६ को टी-२० विश्वकप उपाधि विशेष थियो । किनभने सिनियर पुरुष टिमले मात्र नभई महिला टिम र यु-१९ टिमले पनि त्यो वर्ष उपाधि जितेको थियो।’

यस्तै इंग्ल्यान्डका विकेटकिपर ब्याटर जस बटलरले पनि वेस्ट इन्डिजविरुद्ध खेल्नुअघि मंगलबार प्रि-म्याच प्रेस कन्फेरेन्समा कन्डिसनले गर्दा २५०-३०० रन हान्न कठिन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम