मुख्य समाचार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म २ हजार ५२५ वटा उजुरी दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म २ हजार ५२५ वटा उजुरी दर्ता

। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म २ हजार ५२५ वटा उजुरी दर्ता भएको छ । त्यसमध्ये ८१२ वटा उजुरी फर्छ्यौट भइसकेको कार्यालयका उपसचिव प्रकाश पोखरेलले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं स्थापना दिवसको अवसरमा क्षेत्रीय कार्यालय बर्दिबासले जनकपुरधाममा आयोजना गरेको समारोहमा प्रस्तुत गरिएको तथ्यांकमा चालु आवमा परेकामध्ये १ हजार ७१३ उजुरी छानबिनको क्रममा रहेका छन् ।


उपसचिव पोखरेलका अनुसार दर्ता भएका उजुरीमध्ये ७२.६१ प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेका छन् ।

जिल्लागत रूपमा सबैभन्दा बढी धनुषाको ७८० वटा दर्ता भएका छन् । त्यसपछि क्रमश: महोत्तरीबाट ५१४, सिरहाबाट ४८१, सर्लाहीबाट ३९७ र सबैभन्दा कम सोलुखुम्बु जिल्लाबाट ३९ वटा उजुरी दर्ता भएका छन् ।



आयोगमा दर्ता भएका उजुरीहरू स्क्रिनिङ, प्रारम्भिक तथा विस्तृत छानबिनमार्फत तामेली गर्ने, आवश्यक कारबाहीका लागि लेखी पठाउने वा अदालतमा अभियोजन गर्ने प्रक्रिया अपनाउने गरिएको उपसचिव पोखरेलले बताए ।

चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ६०५ उजुरी तामेली गरिएको, १० सुझावसहित तामेली, ७९ उजुरी आवश्यक कारबाहीका लागि लेखी पठाइएको र ११८ उजुरी एकीकरण गरिएको आयोगले जनाएको छ ।

कार्यालयका बर्दिबास प्रमुख रामबहादुर कुरुम्वाङले भ्रष्टाचार नियन्त्रण गर्न आयोग सदाचार, निष्पक्षता र निर्भीकता कायम गर्न प्रतिबद्ध रहेको बताए ।

बर्दिबास क्षेत्रीय कार्यालय अन्तर्गत मधेश प्रदेशका सिरहा, धनुषा, महोत्तरी र सर्लाही, कोशी प्रदेशका ओखलढुंगा, खोटाङ र सोलुखुम्बु तथा बागमती प्रदेशका सिन्धुली र रामेछाप जिल्लाहरू पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इलाका प्रहरी कार्यालय खैरहनी, चितवनका इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले इन्स्पेक्टर महतलाई पक्राउ गरिएको पुष्टि गरेको छ । चितवन प्रहरीका एक अधिकृत भन्छन्, ‘उजुरी परेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’ जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरीले महतलाई हिरासतमा लिएको हो । उनीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको ...
। प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने केही दिन लाग्ने भएको ...
। प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् । अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको ...
। राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताका घरदैलोमा नपुग्ने बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ को स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । ‘जनताको ठुलो त्याग, बलिदान र संघर्षबाट जनता आफैँले बनाएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र हामीले प्राप्त गरेका छौँ,’ राष्ट्रपति पौडेलले ...
। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले द्वन्द्व र विमतिलाई बिर्सिएर एक ढिक्का भई निर्वाचनमा जुटन आग्रह गरेका छन् । निर्वाचन परिचालन एवं प्रचारप्रसार मूल समिति नेपाली कांग्रेस बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित बृहत जिल्ला भेलालाई सम्बोधन गर्दै उनले विशेष महाधिवेशनपछि पार्टी बदलिएर जनतामाझ गएको बताए । शर्माले कांग्रेसले यस पटक करिब दुई तिहाई नयाँ उम्मेदवार बनाएको उल्लेख गरे ...