मुख्य समाचार
काठमाडौं महानगरपालिकाले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन
काठमाडौं महानगरपालिकाले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन

। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विद्यालय केन्द्रित एचपीभी खोप व्यवस्थित रुपमा अघि बढाउन मातहतका सबै पक्षलाई निर्देशन दिएकी छिन् ।

मंगलवार काठमाडौंको डिल्लीबजारस्थित पद्यकन्या माविमा सो खोपको उद्घाटन गर्दै उनले महानगरपालिका अन्तर्गतको स्वास्थ्य विभाग र सम्बन्धित सबै पक्षलाई सो अभियानलाई सफलतापूर्वक सम्पन्न गर्न सचेत गराएकी हुन् ।


सरकारले पाठेघरको मुखको क्यान्सर प्रतिरोधी सो खोप नि:शुल्क रुपमा उपलब्ध गराएको छ । सो खोप लिन र त्यसलाईं व्यवस्थित रुपमा सम्पन्न गर्न कार्यवाहक प्रमुख डंगोलको आग्रह थियो ।

उनले सो खोप अभियान काठमाडौं महानगरपालिका भित्रका सबै विद्यालयहरुमा संचालन भईरहेकाले त्यसबाट लाभ लिन पनि किशोरीहरुलाई आग्रह गरिन् ।



‘अघिल्लो वर्षबाट हामीले यो सुरु गरेका थियौ । या भनौ–पहिलो चाहीँ यो भ्याक्सिन लिनका लागि पैसा तिरेर यो भ्याक्सिन लिइरहनु भएको थियो भने अहिले निशुल्क यो भ्याक्सिनेशन प्रोग्राम स्कुलस्कुलमा भइरहेको छ । यो प्रोग्रामबाट धेरै भन्दा धेरै बहिनीहरुले यसबाट लाभ लिनुहोस् भन्ने पनि चाहन्छौं,’ उनले भनिन्, ‘र यो कार्यक्रम महानगरभरीको सबै स्कुलहरुमा लागू भइरहेको छ । त्यहाँ पनि सफलतापूर्वक सम्पन्न होस भन्ने कामना गर्दछु । र, यो प्रोग्रामलाई व्यवस्थित रुपमा अघि बढाई दिन पनि अनुरोध गर्दछु ।’

सरकारले पाठेघरको मुखको क्यान्सरबाट धेरैको ज्यान जान थालेपछि त्यसको प्रतिरोधको लागि यो भ्याक्सिन नि:शुल्क रुपमा उपलब्ध गराउने कामलाई अभियानकै रुपमा सञ्चालन गरेको हो ।

सो अभियानबाट लाभ लिन पनि काठमाडौं महानगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम