मुख्य समाचार
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित

। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ ।

बुधबार अहमदाबादमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा ४ रनको जित निकाल्यो । टी-२० विश्वकप इतिहासमै एक खेलमा दुई सुपर ओभर भएको यो पहिलोपटक हो ।


पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन जोड्दै दक्षिण अफ्रिकालाई १८ रनको लक्ष्य दिएको थियो जसको जवाफमा दक्षिण अफ्रिकाले पनि १७ रन बनाएको थियो ।

दोस्रो सुपरमा दक्षिण अफ्रिकाले २३ रन जोडेर अफगानिस्तानलाई २४ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले सुरुवाती २ बलमा कुनै रन नजोडेर मोहम्मद नाबीको विकेट गुमायो ।


त्यसपछि आएका रहमनुल्लाह गुरबाजले लगातार तीन छक्का प्रहार गरे । १ बलमा ६ रन आवश्यक हुँदा एक वाइड भएपछि अर्को बलमा रहमनुल्लाह गुरबाज आउट भए ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा दुवै टिमबाट १८७ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ बल अगावै अलआउट हुँदै १८७ रन बनायो ।

अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा अफगानिस्तानको एक विकेट मात्र बाँकी थियो । पहिलो बलमै कगिसो रबाडाले विकेट लिएको भएपनि नो बल ठहरियो । त्यसपछि वाइड गरे ।

पहिलो लिगल बल रबाडाले डट राखेपनि त्यसपछि नूरले छक्का प्रहार थरेपछि अफगानिस्तानलाई ४ बलमा ५ रन आवश्यक भयो । त्यसपछि रबाडाले फेरि डट राखे ।

त्यसपछि नूरले २ रन दिँदा नो बल पनि भयो र ३ बलमा २ रन आवश्यक थियो । अनि नूरले २ रन लिने क्रममा नन स्ट्राइक ब्याटर फजलहक फारुकी रनआउट भए ।

गुरबाजले अफगानिस्तानका लागि ४२ बलमा ८४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लुङ्गी एङ्गिडीले ३ विकेट लिँदा मार्को यानसेन, कगिसो रबाडा, जर्ज लिन्डे र केशव महाराजले १-१ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । रायन रिकेल्टनले ६१ रन बनाए भने क्‍विन्टन डिककले ५९ रन बनाए । डेवाल्ड ब्रेभिसले २३ तथा डेभिड मिलरले अविजित २० रन बनाए ।

अफगानिस्तानका अजमतुल्लाह ओभरजाइले ३ विकेट लिए भने राशिद खानले २ विकेट लिए ।

विश्वकपमा यो दक्षिण अफ्रिकाको दोस्रो जित हो भने अफगानिस्तानको दोस्रो हार हो ।

दक्षिण अफ्रिकाले यसअघि क्यानडालाई हराएको थियो भने अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...