मुख्य समाचार
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित
आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित

। आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा पराजित गरेको छ ।

बुधबार अहमदाबादमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि दोस्रो सुपर ओभरमा ४ रनको जित निकाल्यो । टी-२० विश्वकप इतिहासमै एक खेलमा दुई सुपर ओभर भएको यो पहिलोपटक हो ।


पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन जोड्दै दक्षिण अफ्रिकालाई १८ रनको लक्ष्य दिएको थियो जसको जवाफमा दक्षिण अफ्रिकाले पनि १७ रन बनाएको थियो ।

दोस्रो सुपरमा दक्षिण अफ्रिकाले २३ रन जोडेर अफगानिस्तानलाई २४ रनको लक्ष्य दिएको थियो । जवाफमा अफगानिस्तानले सुरुवाती २ बलमा कुनै रन नजोडेर मोहम्मद नाबीको विकेट गुमायो ।


त्यसपछि आएका रहमनुल्लाह गुरबाजले लगातार तीन छक्का प्रहार गरे । १ बलमा ६ रन आवश्यक हुँदा एक वाइड भएपछि अर्को बलमा रहमनुल्लाह गुरबाज आउट भए ।

त्यसअघि निर्धारित २० ओभरको खेलमा दुवै टिमबाट १८७ रन बनेपछि खेल सुपर ओभरमा पुगेको थियो । दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २ बल अगावै अलआउट हुँदै १८७ रन बनायो ।

अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा अफगानिस्तानको एक विकेट मात्र बाँकी थियो । पहिलो बलमै कगिसो रबाडाले विकेट लिएको भएपनि नो बल ठहरियो । त्यसपछि वाइड गरे ।

पहिलो लिगल बल रबाडाले डट राखेपनि त्यसपछि नूरले छक्का प्रहार थरेपछि अफगानिस्तानलाई ४ बलमा ५ रन आवश्यक भयो । त्यसपछि रबाडाले फेरि डट राखे ।

त्यसपछि नूरले २ रन दिँदा नो बल पनि भयो र ३ बलमा २ रन आवश्यक थियो । अनि नूरले २ रन लिने क्रममा नन स्ट्राइक ब्याटर फजलहक फारुकी रनआउट भए ।

गुरबाजले अफगानिस्तानका लागि ४२ बलमा ८४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका लुङ्गी एङ्गिडीले ३ विकेट लिँदा मार्को यानसेन, कगिसो रबाडा, जर्ज लिन्डे र केशव महाराजले १-१ विकेट लिए ।

खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । रायन रिकेल्टनले ६१ रन बनाए भने क्‍विन्टन डिककले ५९ रन बनाए । डेवाल्ड ब्रेभिसले २३ तथा डेभिड मिलरले अविजित २० रन बनाए ।

अफगानिस्तानका अजमतुल्लाह ओभरजाइले ३ विकेट लिए भने राशिद खानले २ विकेट लिए ।

विश्वकपमा यो दक्षिण अफ्रिकाको दोस्रो जित हो भने अफगानिस्तानको दोस्रो हार हो ।

दक्षिण अफ्रिकाले यसअघि क्यानडालाई हराएको थियो भने अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम