मुख्य समाचार
पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित
पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित

। पाकिस्तानले आईसीसी टी-२० विश्वकपमा अमेरिकालाई ३२ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।

समूह ए मा लगातार दुई खेल जितेर ४ अंकसहित पाकिस्तान शीर्ष स्थानमा छ । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको थियो ।

अमेरिकाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा अमेरिका सहआयोजक भारतसँग पराजित भएको थियो ।

कोलोम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लब (एसएससी) ग्राउण्डमा भएको खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

शुभम रन्जानेको अर्धशतक तथा शायन जहागिरको ४९ रन बनाएपनि अमेरिकाले जितसम्म पुग्न सकेन ।

अमेरिका लागि रन्जानले ३० बलमा ३ चौका र३ छक्का प्रहार गर्दै सर्वाधिक ५१ रन बनाए । ओपनर जहांगिरले ३४ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४९ रन बनाएर आउट भए ।

मिलिन्द कुमारले २२ बलमा २९ तथा ओपनर विकेटकिपर आन्द्रेस गौसले १३ बलमा १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् ।

पाकिस्तानका लागि उस्मान तारिकले ३, शदाब खानले २ तथा शाहिन साह अफ्रिदी, अब्रार अहमद र मोहम्मद नवाजले समान १ विकेट लए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । पाकिस्तानका ओपनर साहीबजादा फरहानले ४१ बलमा ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ७३ रन जोडे ।

यस्तै बाबर अजामले ३२ बलमा ४ चौका १ छक्का प्रहार गर्दै ४६ रन बनाए । शदाब खानले १२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३० रन जोडे ।

अमेरिका स्याडली भान स्यालवाएकले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । उनले लगातार दोस्रो खेलमा ४ विकेट लिएका हुन् । यसअघि भारत विरुद्ध पनि स्याडलीले ४ विकेट लिएका थिए । उनी दुई खेलबाट ८ विकेटसहित सर्वाधिक विकेट लिनेमा शीर्ष स्थानमा छन् ।

पाकिस्तानबाट टेस्ट र ओडिआई खेलिसकेका एहसान आदिलले पाकिस्तान विरुद्ध नै टी-२० विश्वकपमा खेल्दै अमेरिकाको लागि डेब्यू गरे । तर उनले ३ ओभरमा ३९ रन खर्चेर पनि विकेट लिन सकेनन् ।

जेसी सिंह घाइते हुँदै बाहिरिएपछि उनको स्थानमा एहसान आदिलले टिममा स्थान बनाउँदै खेलेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम