मुख्य समाचार
अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने
अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने

। अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं फाइनप्रिन्ट बुक्सको पहल र नेपाल एयरलाइन्सको सहयोगमा हुन लागेको कार्यक्रम ११ फेबु्रअरीमा टोकियो, १४ फेब्रुअरीमा सिजुओका, १५ फेबु्रअरीमा नागोया, १७ फेब्रुअरीमा ओसाका, १९ फेबु्रअरीमा फुकुओका र २० फेब्रुअरीमा ओकिनावामा हुनेछ ।

जापानमा रहेका आफ्ना शुभचिन्तक एवं पाठकसमक्ष पुग्ने अवसर पाउँदा आफूलाई खुसी लागेको महानायक हमालले बताए । ‘म आफ्नो पुस्तकसहित जापानमा रहनुभएका नेपाली पाठकलाई भेट्न पाउँदा उत्साही छु । केही महिनाअघि जापान पुग्दा उहाँहरूले मेरो पुस्तकबारे चासो प्रकट गर्नुभएको थियो । यसपालि म उहाँहरूसँग मेरो जीवन, विचार र साधनाबारे मुखरित हुनेछु,’ हमालले भने ।

जापानमा रहेका नेपाली पाठक एवं महानायक हमालका शुभचिन्तकसमक्ष हमाल र उनको पुस्तकलाई प्रस्तुत गर्न पाउँदा खुसी लागेको एनआरएनए जापानका अध्यक्ष सुवास लामिछानेले बताए ।

फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत सीइओ नीरज भारीले पनि विदेशमा, खासगरी जापानमा नेपाली पुस्तक र साहित्यप्रेमीको संख्या ठूलो रहेको भन्दै ‘युगदेखि युगसम्म’ बुक-टूरले लेखक, प्रकाशक र पाठकको सम्बन्धलाई झन् नजिक ल्याउने विश्वास व्यक्त गरे ।

‘जापानमा हाम्रा धेरै पाठक हुनुहुन्छ । नेपाली विद्यार्थीको संख्या बढेसँगै नेपाली पुस्तकको माग पनि बढेको छ । नेपाल बाहिर फैलँदो पुस्तक बजारसँग जोडिने पहलस्वरूप यो कार्यक्रम आयोजना हुन गइरहेको हो,’ सिइओ भारीले भने, ‘धेरैभन्दा धेरै पाठकसँग भेट्ने र त्यहाँसम्म नेपाली पुस्तक सजिलोसँग पुर्‍याउने संयन्त्र निर्माण गर्ने हाम्रो कोसिस रहनेछ ।’

फाइनप्रिन्टले लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा राजेश हमालको जीवन कथा एवं सिनेमा र समाजबारे उनका विचारहरूको पुस्तक ‘युगदेखि युगसम्म’ प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसले जापान शान्तिवादी नीतिबाट भइरहेको विचलनको आलोचनालाई पुन: दोहोर्‍याएको छ। टोकियोले ‘इतिहासका पाठहरू’ बिर्सिंदै गएको आरोप मस्कोले लगाएको छ। बुधबार ‘टास’ समाचार संस्थामा प्रकाशित एक अन्तर्वार्तामा रुसी उप-विदेशमन्त्री सर्गेई र्याबकोभले जापान आफ्ना ‘तीन गैर-आणविक सिद्धान्तहरू’बाट टाढिँदै गएको बताए। दोस्रो विश्वयुद्धपछि स्थापित यस नीतिले जापानलाई आफ्नो भूमिमा आणविक हतियार राख्न, उत्पादन गर्न वा प्रवेश गराउन निषेध ...
: जापान सरकार र युएनडीपीले ‘क्लाइमेट प्रमिस’ पहलअन्तर्गत १२ लाख ९६ हजार अमेरिकी डलर बराबरको 'स्मार्ट बिल्डिङ्स एण्ड ग्रीन इन्फ्रास्ट्रक्चर फर इम्प्रुभ्ड ह्युमन सेक्युरिटी एण्ड सस्टेनेबल डेभलपमेन्ट' परियोजना सुरु गरेका छन्। उक्त परियोजना कैलालीको धनगढी उपमहानगरपालिकामा बढ्दो जलवायु जोखिमसँग जुध्न सहरी सहनशीलता अभिवृद्धि गर्न केन्द्रित रहनेछ। जापानी राजदूत माएदा तोरु र नेपालका लागि युएनडीपीका आवासीय प्रतिनिधि ...
जापानले मंगलबार आफ्नो रक्षा निर्यात नियमहरूमा दशकौंपछिको सबैभन्दा ठूलो परिवर्तनको घोषणा गर्दै हतियार बिक्रीमा कायम रहेका पुराना प्रतिबन्धहरूलाई पूर्ण रूपमा हटाएको छ। यो निर्णयसँगै अब जापानले युद्धपोत, मिसाइल र अन्य उन्नत सैन्य उपकरणहरू विश्व बजारमा निर्यात गर्ने मार्ग प्रशस्त गरेको छ। दोस्रो विश्वयुद्धपछिको आफ्नो शान्तिवादी नीतिलाई परिमार्जन गर्दै जापानले आफ्नो रक्षा उद्योगलाई बलियो बनाउन र क्षेत्रीय शक्ति ...
: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले रास्वपाको सरकारलाई ‘हनिमुन पिरियड’ नचाहिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको पहिलो वैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले रास्वपाको सरकारले दिन गनेर नभई मिनेट गनेर काम गर्ने बताए । उनले प्रतिशोधका आधारमा विपक्षी दलहरुप्रति व्यवहार नहुने बताएका छन् । नेपाली जनताले काम गरेर देखाउन रास्वपालाई ऐतिहासिक दुई तिहाइ मत दिएको ...
। इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् । उनले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् । ‘क्योडो न्युज’ अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाट नै कुराकानी सुरू भइसकेको ...