मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण
जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण

। जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामै पहिलोपटक अंगीकृत नागरिकता वितरण गरेको छ ।

संशोधित नागरिकतासम्बन्धी कानुनअनुसार रेसुङ्गा नगरपालिका-१० निवासी जमुना बस्नेतका छोरा सुरज लेप्चाले अंगीकृत नागरिकता प्राप्त गरेका हुन् ।


प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार नेपाली मुलकी महिलाले विदेशी नागरिकसँग विवाह गरेपछि जन्मिएका छोरा-छोरीलाई अंगीकृत नागरिकता प्रदान गर्ने नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा आएपछि गुल्मी जिल्लाबाट पहिलोपटक नागरिकता वितरण गरिएको हो ।

कानुन संशोधनपछि प्रमुख जिल्ला अधिकारीमार्फत नै अंगीकृत नागरिकता प्रदान गर्न सकिने व्यवस्था भएपछि यो प्रक्रिया अघि बढाइएको हो ।

नागरिकता प्राप्त गरेका सुरज लेप्चा नेपाली आमाबाट जन्मिएका भए पनि उनका पिता विदेशी नागरिक भएकाले यसअघि नागरिकता पाउन कठिनाइ हुँदै आएको थियो ।

पछिल्लो कानुनी संशोधनले यस्ता परिवारका सन्तानलाई नागरिकताको अधिकार सुनिश्चित गरेपछि उनी नागरिकता प्राप्त गर्न सफल भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गैरेले संविधानले प्रत्याभूत गरेको नागरिकताको हक कार्यान्वयनतर्फ यो महत्वपूर्ण कदम भएको बताए । नयाँ कानुनी व्यवस्था अनुसार योग्य व्यक्तिलाई नागरिकता प्रदान गर्ने प्रक्रिया सुरु गरिएको उनको भनाइ छ ।

यसले लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेका धेरै युवालाई राहत मिल्नेछ । नागरिकता नपाएर शिक्षा, रोजगारी, बैंकिङ सेवा लगायतका आधारभूत अधिकारबाट वञ्चित हुनुपरेका व्यक्तिहरूका लागि यो व्यवस्थाले सहज भएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार आवश्यक कागजात पूरा भएका र कानुनले तोकेको मापदण्डमा पर्ने अन्य व्यक्तिहरूले पनि अब अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

कार्यालयले नागरिकता वितरण प्रक्रियालाई थप सहज, पारदर्शी र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ ।

प्रशासनले पछिल्लो समय आमाको नामबाट पनि नागरिकता वितरण गर्न थालेको छ । पछिल्लो तथ्याङ्क अनुसार ३ जनाले आमाको नामबाट नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तिले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी ...
२३ र २४ भदौको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम केवल नीति परिवर्तनका लागि थिएनन् ।
। प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीको ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर ...
। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी, आजको बैठकमा सङ्घीय ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै आफ्ना योजना सुनाएका हुन् । ‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदा होस् । लामो लाइन बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुरेको, टन्न कागजात लिएर जाँदा पनि ...