मुख्य समाचार
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत खेलमा चेल्सी र लिड्स युनाइटेड तथा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्‍याम युनाइटेडले बराबरी खेल्दै अंक बाँडे
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत खेलमा चेल्सी र लिड्स युनाइटेड तथा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्‍याम युनाइटेडले बराबरी खेल्दै अंक बाँडे

। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र लिड्स युनाइटेड तथा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्‍याम युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन् ।

चेल्सीले घरेलु मैदानमा दुई गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य भयो । खेलको २४औं मिनेटमा जोआओ पेड्रोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ५८औं मिनेटमा कोल पाल्मरले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर पारे ।

६७औं मिनेटमा लुकास नेमेचाले पेनाल्टीमार्फत गोल गर्दै लिड्सलाई खेलमा फर्काए । ७३औं मिनेटमा नोआ ओकाफरले गोल गर्दै खेल बराबरीमा ल्याए ।

बराबरीपछि पाँचौं स्थानको चेल्सीको २६ खेलमा ४४ अंक भएको छ । लिड्स ३० अंकसहित १५औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले पनि वेस्ट ह्याम युनाइटेडसँग बराबरी खेल्दै हार टारेको छ ।

खेलको ५०औं मिनेटमा टोमस सोउसेकले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । इन्जुरी समयको छैटौं मिनेटमा बेन्जामिन सेस्कोले गोल गर्दै युनाइटेडको हार टारे ।

बराबरीपछि २६ खेलमा ४५ अंक भएको युनाइटेड चौथो स्थानमा यथावत् छ भने २४ अंक भएको वेस्ट ह्याम १८औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...