मुख्य समाचार
निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

: निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ।



आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उल्लेख छ।



स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमुना मतपत्रको माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउने छन्। आयोगले विगतदेखि सबै स्थानीय तहमा एक/एकजना सम्पर्क व्यक्ति तोक्ने गरेको थियो। आसन्न निर्वाचनमा पनि तिनै सम्पर्क व्यक्तिलाई निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ताका रूपमा तोकेको आयोगले जनाएको छ।



मतदाता शिक्षा अनुगमनकर्ता र स्वयंसेवकका लागि जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय तालिम तथा अभिमुखीकरण कार्यक्रम माघ महिनाको अन्तिमसम्म भइसक्ने गरी काम भइरहेको प्रवक्ता भट्टराईले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी ...
२३ र २४ भदौको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम केवल नीति परिवर्तनका लागि थिएनन् ।
। प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीको ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर ...
। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी, आजको बैठकमा सङ्घीय ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै आफ्ना योजना सुनाएका हुन् । ‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदा होस् । लामो लाइन बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुरेको, टन्न कागजात लिएर जाँदा पनि ...