मुख्य समाचार
कप्तान रोहित पौडेलले इङ्ल्यान्डसँगको खेलपछि नेपाली टिमको समर्थन गर्दै पूर्व खेलाडी तथा फ्रेन्चाइजले गरेको प्रशंसा प्रशंसनीय भएको बताए
कप्तान रोहित पौडेलले इङ्ल्यान्डसँगको खेलपछि नेपाली टिमको समर्थन गर्दै पूर्व खेलाडी तथा फ्रेन्चाइजले गरेको प्रशंसा प्रशंसनीय भएको बताए

: नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले इङ्ल्यान्डसँगको खेलपछि नेपाली टिमको समर्थन गर्दै पूर्व खेलाडी तथा फ्रेन्चाइजले गरेको प्रशंसा प्रशंसनीय भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा जति तारिफ नेपाली टिमले बटुलिरहेको छ, त्यति नै मैदानमा र व्यवहारमा पनि देख्न पाएको बताए।



इटालीसँगको खेल अगाडि टेष्ट राष्ट्रहरूसँग नेपालमा खेल्न कतिको तयार छ भन्ने प्रश्नमा उनले भने, ‘कीर्तिपुर मैदानमा अष्ट्रेलिया, भारत तथा इङ्ल्यान्ड जो आए पनि हामी नेपालमा स्वागत गर्न तयार छौं। उनीहरूले त्यहाँ खेल्न मन पराउनेछन्।’ यो सम्भव होला भन्ने पत्रकारको प्रतिप्रश्नमा उनले थपे, 'म निकै आशावादी छु।’



इङ्ल्यान्डसँगको खेलपछि भारत तथा विश्वका केही चर्चित फ्रेन्चाइज टिमहरूले नेपालको खेलको तारिफ गरेका थिए। जसमा प्रायः आइपीएल टिमले बधाइ र प्रशंसाको ओइरो लगाएका थिए। यहि विषयमा एक भारतीय पत्रकारले रोहितलाई बधाइ दिँदै फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई विश्वास गर्लान् भनेर सोधेका थिए। ‘मलाई लाग्छ, आइपीएलको टिमहरूले १/२ जना खेलाडीलाई चाहिँ लिन्छन्,' उनले भने।


नेपालले हालसम्म एकमात्र टेष्ट राष्टसँग सिरिज खेल्ने मौका पाएको छ। नेपालले पछिल्लो विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँगको खेलपछि पनि अहिलेकै जस्तो तारिफ बटुलेको थियो। तर, तारिफ सामाजिक सञ्जालमा नै सीमित रहेको थियो। यसमा रोहितले यसपटक केही फरक हुन्छ कि भन्ने आशा राखे। ‘हामीले २०२४ को विश्वकपपछि जति तारिफ पायौं, त्यति मौका पाएनौं। हाम्रो लागि टेष्ट राष्ट्रसँग खेल्ने अनुभव र एक्सपोजर निकै महत्वपूर्ण हुन्छ। हामीले उनीहरूका अगाडि हामीलाई परीक्षण गर्ने मौका पाउँछौं। आशा छ, यो विश्वकपपछि हामीले केही सिरिजहरू पाउनेछौं।’

त्यस्तै वेष्ट इन्डिजका मुख्य प्रशिक्षक ड्यारेन सामीले जुनसुकै टिमले खेले पनि आफूहरूले यो खेलको विकासमा सहयोग गर्ने बताए। उनले भने, 'एशोसियट राष्ट्रहरूसँग खेल्दा उनीहरूलाई उनीहरूको स्तर थाहा हुन्छ। उनीहरूले आफूलाई परीक्षण गर्ने मौका पाउँछन्। उनीहरूलाई एक्सपोजरको मौका हुन्छ। यो क्रिकेट विकासको लागि महत्वपूर्ण हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम