मुख्य समाचार
कप्तान रोहित पौडेलले इङ्ल्यान्डसँगको खेलपछि नेपाली टिमको समर्थन गर्दै पूर्व खेलाडी तथा फ्रेन्चाइजले गरेको प्रशंसा प्रशंसनीय भएको बताए
कप्तान रोहित पौडेलले इङ्ल्यान्डसँगको खेलपछि नेपाली टिमको समर्थन गर्दै पूर्व खेलाडी तथा फ्रेन्चाइजले गरेको प्रशंसा प्रशंसनीय भएको बताए

: नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले इङ्ल्यान्डसँगको खेलपछि नेपाली टिमको समर्थन गर्दै पूर्व खेलाडी तथा फ्रेन्चाइजले गरेको प्रशंसा प्रशंसनीय भएको बताएका छन्। उनले सामाजिक सञ्जालमा जति तारिफ नेपाली टिमले बटुलिरहेको छ, त्यति नै मैदानमा र व्यवहारमा पनि देख्न पाएको बताए।



इटालीसँगको खेल अगाडि टेष्ट राष्ट्रहरूसँग नेपालमा खेल्न कतिको तयार छ भन्ने प्रश्नमा उनले भने, ‘कीर्तिपुर मैदानमा अष्ट्रेलिया, भारत तथा इङ्ल्यान्ड जो आए पनि हामी नेपालमा स्वागत गर्न तयार छौं। उनीहरूले त्यहाँ खेल्न मन पराउनेछन्।’ यो सम्भव होला भन्ने पत्रकारको प्रतिप्रश्नमा उनले थपे, 'म निकै आशावादी छु।’



इङ्ल्यान्डसँगको खेलपछि भारत तथा विश्वका केही चर्चित फ्रेन्चाइज टिमहरूले नेपालको खेलको तारिफ गरेका थिए। जसमा प्रायः आइपीएल टिमले बधाइ र प्रशंसाको ओइरो लगाएका थिए। यहि विषयमा एक भारतीय पत्रकारले रोहितलाई बधाइ दिँदै फ्रेन्चाइज टिमले नेपाली खेलाडीलाई विश्वास गर्लान् भनेर सोधेका थिए। ‘मलाई लाग्छ, आइपीएलको टिमहरूले १/२ जना खेलाडीलाई चाहिँ लिन्छन्,' उनले भने।


नेपालले हालसम्म एकमात्र टेष्ट राष्टसँग सिरिज खेल्ने मौका पाएको छ। नेपालले पछिल्लो विश्वकप २०२४ मा दक्षिण अफ्रिकासँगको खेलपछि पनि अहिलेकै जस्तो तारिफ बटुलेको थियो। तर, तारिफ सामाजिक सञ्जालमा नै सीमित रहेको थियो। यसमा रोहितले यसपटक केही फरक हुन्छ कि भन्ने आशा राखे। ‘हामीले २०२४ को विश्वकपपछि जति तारिफ पायौं, त्यति मौका पाएनौं। हाम्रो लागि टेष्ट राष्ट्रसँग खेल्ने अनुभव र एक्सपोजर निकै महत्वपूर्ण हुन्छ। हामीले उनीहरूका अगाडि हामीलाई परीक्षण गर्ने मौका पाउँछौं। आशा छ, यो विश्वकपपछि हामीले केही सिरिजहरू पाउनेछौं।’

त्यस्तै वेष्ट इन्डिजका मुख्य प्रशिक्षक ड्यारेन सामीले जुनसुकै टिमले खेले पनि आफूहरूले यो खेलको विकासमा सहयोग गर्ने बताए। उनले भने, 'एशोसियट राष्ट्रहरूसँग खेल्दा उनीहरूलाई उनीहरूको स्तर थाहा हुन्छ। उनीहरूले आफूलाई परीक्षण गर्ने मौका पाउँछन्। उनीहरूलाई एक्सपोजरको मौका हुन्छ। यो क्रिकेट विकासको लागि महत्वपूर्ण हुन्छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...