मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मधेश केन्द्रित चुनावी अभियानमा
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मधेश केन्द्रित चुनावी अभियानमा

: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ मधेश केन्द्रित चुनावी अभियानमा निस्केका छन्। बालेनले हुलाकी सडक राजमार्गअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिकाबाट सुरु भएको जनसम्पर्क तथा घण्टी अभिवादन अभियानलाई तीव्र पारेका हुन्। बालेन सप्तरी क्षेत्र नं. १ को सप्तकोशी हुँदै कञ्चनरुप गाउँपालिका, हनुमाननगर हुँदै राजविराज, डाक्नेश्वरी नगरपालिका भएर हुलाकी राजमार्ग बोदेबरसाइन, भगवानपुर, नवराजपुर, वरियारपट्टी हुँदै सिरहा प्रवेश गरेका थिए।

त्यस्तै उनी सिरहाको सुखीपुर औरही चौक, गोलबजार, चोहर्वा, मिर्चैया, कल्याणपुर र सिरहा सदरमुकाम सिरहा बजार पुगेका थिए। बालेनलाई रास्वपाका उम्मेदवारहरूले भव्य स्वागत गरेका थिए भने बालेनले घण्टी बजाएरको समर्थकहरूसँग मुस्कुराउँदै अघि बढेका थिए। प्रायः उनी कहीँ पनि रोकिँदैनथे। समर्थकलाई घण्टी बजाएर अगाडि लम्किहाल्थे। सिरहा र धनुषाको कमल पुरबाट धनुषा क्षेत्र नं. २ का उम्मेदवार रामविनोद यादवले स्वागत गरेका थिए।

पूर्वनिर्धारित कार्यक्रम अनुसार कमलाको पूलबाट उम्मेदवार रामविनोद यादवले स्वागतसहित कमला नगरपालिका हुँदै विदेह नगरपालिकाको तिनकौरिया चौक, शहिद नगरपालिकाको यदुकूहा सहितको क्षेत्रमा रोड शोमा बालेनले सहभागी जनाए। बालेनले गाडीबाटै घण्टी हल्लाउँदै मुस्कुराउँदै समर्थकहरूको उत्साह बढाउँथे। रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेनलाई अघि सारेपछि देश दौडाहामा केन्द्रित छन्। बालेन पुगेका अधिकांश जिल्लामा समर्थक र कार्यकर्ताको भिड लागेको छ।

धनुषाको क्षेत्र नं. १ को धनुषाधाम बजार हुँदै तारापट्टी हुँदै जनकपुरधाम प्रवेश गरेका उनी धनुषाको क्षेत्र नं. ३ को नगराइनसम्म पुगेका थिए। 'सम्भव भएसम्म देशभरका सबै निर्वाचन क्षेत्रमा दुई शीर्ष नेताहरू पुग्ने भन्ने छ,' प्रवक्ता मनिष झाले भने, ‘यसबीच सार्वजनिक कार्यक्रम पनि हुन्छन्। पार्टीका वाचा पत्रलगायत विषय पनि आउँछन्।’

बालेनले जनकपुरधाम हुँदै महोत्तरीको जलेश्वर बजार परिक्रमा गरेका थिए। सो क्रममा बालेन आफ्नो पैतृक घर महोत्तरीको एकडारा गाउँपालिका हुँदै रामगोपालपुर नगरपालिका भएर बलवा नगरपालिका सरपल्लो हुँदै हाथिलेट बर्दिबास गएर विश्रामको कार्यक्रम राखिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन् । घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी ...
२३ र २४ भदौको जेनजी आन्दोलन र त्यसपछिका राजनीतिक घटनाक्रम केवल नीति परिवर्तनका लागि थिएनन् ।
। प्रहरी हवल्दारकै योजनामा काठमाडौंमा ६० लाख रुपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी हवल्दार ३८ वर्षीय कर्णबहादुर सुनारको योजनामा प्रहरी अपरेशन शैलीमा एक सुन व्यवसायीको ६० लाख रुपैयाँ लुटपाट भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६० लाख लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर ...
। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने भएकी छन् । सङ्घीय संसद् सचिवालयले आज अपराह्न १ः१५ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभा बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री कार्कीले उक्त विधेयक छलफलका निम्ति प्रस्ताव गर्दै पारितसमेत गर्न सभासमक्ष प्रस्तुत गर्नेछिन् । यसैगरी, आजको बैठकमा सङ्घीय ...
। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारी कार्यालयमा हुने ढिलासुस्ती र हैरानी समाधानमा आफ्नो योजना सुनाएका छन् । बुधबार भिडिओ वक्तव्य जारी गर्दै आफ्ना योजना सुनाएका हुन् । ‘नापी–मालपोतको कार्यालयमा जाँदैगर्दा होस् वा पासपोर्ट–लाइसेन्स लिन जाँदा होस्, युनिभर्सिटीको सर्टिफिकेट लिन जाँदा होस् । लामो लाइन बस्नुपरेको, पालो कहिले आउँछ भनेर कुरेको, टन्न कागजात लिएर जाँदा पनि ...