मुख्य समाचार
टी-२० विश्वकपमा एउटै मैदानमा खेल सहज हुने
टी-२० विश्वकपमा एउटै मैदानमा खेल सहज हुने

। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पाैडेलले टी-२० विश्वकपमा एउटै मैदानमा खेल सहज हुने बताएका छन् ।

आईसीसी टी-२० विश्वकप २०१६ अन्तर्गत समूह ‘सी’ मा आफ्नो दोस्रो खेल खेल्नुअघि रोहितले वाङखेडे स्टेडियममा भएको प्रि म्याच प्रेस कन्फेरेन्समा एकै मैदानमा खेल्दा फाइदा हुने बताएका हुन् ।

नेपालले आफ्नो समूहको चारै खेल मुम्बईको वाङखेडे मैदानमै खेल्ने तालिका छ र यस्तो सहज अवस्था हुने नेपाल नै एक मात्र टिम हो ।

‘सबै खेलहरू वानखेडेमा खेल्न पाउनु हाम्रा लागि ठूलो फाइदा हो, त्यहाँको कन्डिशन हाम्रो खेल शैलीलाई सुहाउँछ, त्यसैले यो हाम्रा लागि एउटा प्लस प्वाइन्ट हो’ एकै मैदानमा खेल्दा फाइदा हुन्छ वा फरक फरक कन्डिसन अनुसननर खेल्दा ठिक हुन्छ भन्ने प्रश्नमा रोहितले भने ।

आइतबार भएको पहिलो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता इंग्ल्याण्डविरुद्ध शानदार प्रदर्शनका बावजुत पनि ४ रनले पराजित भएको थियो ।

अब नेपालले वाङ्खेडेमै बिहीबार इटलीसँग आफ्नो दोस्रो खेल खेल्दैछ । यस्तै फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग पनि यही मैदानमा खेल्नेछ ।

इंग्ल्यान्डविरुद्धको पहिलो खेलमा मुम्बईमा नेपाली समर्थकहरुको भिड लागेको थियो भने वाङ्खेडे स्टेडियममा नेपालको जर्सी लगाएका हजाराैं समर्थकहरुको उपस्थिति थियो ।

पहिलो खेलपछि नेपाली टोलीका सदस्य नन्दन यादवले यसलाई नेपाली समर्थकको माया भनेका थिए । एकै मैदानमा खेल हुँदा नेपाली समर्थकहरुलाई पनि सहयोग पुगेको छ । नेपालका विभिन्न क्षेत्रबाट समर्थकहरू मुम्बईसम्म नेपालको खेल हेर्न आएका छन् ।

नेपालसँग दोस्रो खेल खेल्ने इटली भने कोलकतामा पहिलो खेल खेलेपछि मुम्बई आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम