मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने

। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले दक्षिण अफ्रिकी महान् पेस बलर डेल स्टेनलाई नेपालको कोचिङ स्टाफमा समावेश गर्नका लागि सम्पर्क गरिने बताएका छन् ।

भारतीय समाचार संस्था आजतकको स्पोर्ट्स टक च्यानलमा अन्तर्वाता दिने क्रममा चन्दले यसो बताएका हुन् । एक समर्थकले कमेन्टमा डेल स्टेनको ट्‍वीटबारे सोधेको प्रश्‍नको जवाफ दिँदै चन्दले उनीसँग सम्पर्क गर्नेबारे बोर्डले चाँडै छलफल गर्ने बताएका हुन् ।

‘हाम्रो पेस बलिङ केही कमजोर नै छ, त्यसकारण बोर्डले उक्त विषयमा निर्णय गर्ने दिन पनि आउनेछ’ चन्दले भने, ‘कमजोर पेस बलिङ सुधार गर्नका लागि कोही पेस बलर नै प्रशिक्षकको रूपमा त चाहिन्छ नै।’

यसअघि नेपाल र इंग्ल्यान्डबीचको खेलपछि दक्षिण अफ्रिकी बलर डेल स्टेनले ४ ट्वीट गर्दै नेपालले प्रस्ताव गरे आफू काम गर्न तयार रहेको बताएका थिए । यसबारे अहिले नेपाली क्रिकेट जगतमा चर्चा भइरहेको छ ।

खेलपछि नेपाली बलर नन्दन यादवलाई पनि यसबारेमा प्रश्‍न सोधिएको थियो । नन्दनले नेपाली क्रिकेटसँग जोडेर स्टेनले ट्वीट गर्नु विशेष कुरा भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम