मुख्य समाचार
बेलायतका पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन एप्स्टिन फाइल प्रकरणमा मुछिएपछि राजा चाल्र्स चिन्तित
बेलायतका पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन एप्स्टिन फाइल प्रकरणमा मुछिएपछि राजा चाल्र्स चिन्तित

— बेलायतका पूर्वराजकुमार एन्ड्रयु माउन्टबेटन एप्स्टिन फाइल प्रकरणमा मुछिएपछि राजा चाल्र्स चिन्तित भएका छन् । उनले यस प्रकरणमा प्रहरीलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘राजाले माउन्टेबटन विन्डसरको आचरणका सम्बन्धमा आइरहेका आरोपहरुप्रति चिन्ता प्रकट गर्नुभएको छ,’ बकिङह्याम दरबारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘कुनै प्रश्नहरु सम्बोधन गर्नुपर्ने भयो र प्रहरीले हामीलाई सम्पर्क गर्यो‍ भने हामी उनीहरुलाई सहयोग गर्न तयार छौं ।’

दरबारको विज्ञप्तिमा राजा र रानीको ‘सहानुभूति दुव्र्यवहारमा परेका पीडितहरूप्रति’ नै रहने पनि स्पष्ट पारिएको छ ।

थेम्स भ्याली प्रहरीले यस घटनाबारे अनुसन्धान गरिरहेको छ । एप्स्टिन फाइलका केही अंशहरु सार्वजनिक हुनासाथ अक्टुबर २०२५ मा एन्ड्रयुले आफ्नो राजकुमार पदवी छाड्ने घोषणा गरेका थिए । उनले एप्स्टिनसँगको मित्रता स्विकारेपनि आफुले कुनै गलत आरोप नगरेको दाबी गर्दै आएका छन् ।

तर पछिल्ला फाइलहरुले अर्कै संकेत गरेका छन् । एप्स्टिन फाइलहरुको पछिल्लो ब्याचमा भेटिएका इमेलहरुमा पूर्व राजकुमारले कुख्यात यौन अपराधी जेफ्री एप्स्टिनलाई सिंगापुर, हङकङ र भियतनामको भ्रमणको विवरण दिएका छन् । त्यस्तै, उनले लगानी अवसरहरूको गोप्य विवरणहरू पनि दिएको देखिन्छ ।

अफगानिस्तानमा लगानीका अवसरहरू देखिएको विषयमा पनि एन्ड्रयुले इमेलमा गरेका छन् , यसलाई इमेलमा यस विषय गोप्य राख्न भनिएको थियो ।

एउटा इमेलमा जेफ्री एप्स्टिनले राजकुमारसँगको यौन सम्पर्कका लागि एक महिलालाई बेलायत पठाएको उल्लेख छ । एउटा फाइलमा एन्ड्रयुको आपत्तिजनक तस्विर पनि भेटिएको छ ।

कतिवटा इमेलहरु राजकुमारकी पूर्वपत्नी सारा फग्र्युसनको नामबाट गएका छन् । यसमा एप्स्टिनसँग सहयोग र पैसाको अनुरोध गरिएको छ । साराले यसमा आफ्नो संलग्नता नरहेको र पूर्वपतिले नाम बद्नाम गरेको बताएकी छिन् ।

यौन अपराधी जेफ्री एप्स्टिनले क्यारेबियन सागर क्ष्ोत्रसहित विभिन्न स्थानमा विलासी होटलहरु खोलेका थिए । जहाँ उनले विशिष्ट पाहुनाहरुलाई हेलिकोप्टरमा लैजाने गथ्र्ये । यसक्रममा किशोरीहरुलाईे त्यहाँ लग्ने गरेको र जर्बजस्ती विशिष्ट पाहुनासँग यौन सम्पर्क राख्नका लागि दबाब दिने गरेको आरोप जेफ्रीमाथि लागेको थियो । उनी सन् २००८ मा जेल बसेर निस्किएपनि यस धन्दालाई कायमै राखे ।

सन् २०१५ मा भर्जिनिया रोबर्टस् जियुफ्रीले उनीविरुद्ध मुद्दा हालेकी थिइन् । आफुलाई एप्स्टिन र उनकी सहयोगी गिस्लिन म्याक्सवेलले किशोरावस्थामै तस्करी गरेर क्यारेबियन क्षेत्रमा लगेको र धनाढ्यहरुसँग यौन सम्पर्क राख्न दबाब दिएको उनको आरोप थियो ।

१७ वर्षको छँदा आफुमाथि राजकुमार एन्ड्रयुले तीनपटक बलात्कार गरेको समेत उनको आरोप थियो । उनले एन्ड्रयु विरुद्ध समेत यस विषयमा २०२१ मा मुद्दा चलाएकी थिइन् । यस आरोपलाई राजकुमार एन्ड्रयुले अस्विकार गर्दै आएका छन् ।

२५ अप्रिलमा २०२५ मा भर्जिनिया रोबर्टस्को निधन भएको थियो । त्यसको केही समयपछि बाहिरिएका एप्स्टिनसँग सम्बन्धित एकपछि अर्को फाइलले एन्ड्रयूलाई थप विवादमा तानेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम