मुख्य समाचार
काठमाडौं महानगरपालिकाले महानगरभित्र मंगलबारदेखि एचपीभी विरुद्धको खोप सुरु
काठमाडौं महानगरपालिकाले महानगरभित्र मंगलबारदेखि एचपीभी विरुद्धको खोप सुरु

: काठमाडौं महानगरपालिकाले महानगरभित्र मंगलबारदेखि एचपीभी विरुद्धको खोप सुरु गरेको छ।

कक्षा ६ मा अध्ययनरत सबै छात्रा र विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइने खोप अभियान फागुन ६ गतेसम्म चल्ने महानगरले जनाएको छ। मंगलबार पदमकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारमा खोप कार्यक्रम सुरु गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले महिलाहरूमा हुन सक्ने पाठेघरको मुखको क्यान्सरबाट बचावट गर्न भाइरस विरुद्धको खोप प्रभावकारी रहेको बताइन्।

लक्षित समूहलाई खोप सेवा प्रदान गर्न महानगरपालिकाले खोप केन्द्र सञ्चालन सम्बन्धी सूक्ष्म योजना बनाएर काम गरिरहेको उनको भनाइ छ। गत वर्ष महानगरपालिकाले ३९ हजार ३१३ जना छात्रालाई यो खोप दिएको जनाएको छ।

नेपालमा हरेक वर्ष करिब १ हजार ३१३ जना महिलामा पाठेघरको मुखको क्यान्सर पत्ता लाग्ने गरेको छ। पत्ता लागेकामध्ये हरेक ६ जनामध्ये ३ जनाको मृत्यु हुने गरेको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानबाट चालु आर्थिक वर्षको एक महिनामा ३ सय ४८ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन् । यो संख्या १-२९ वैशाखसम्मको हो । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. बसन्त लामिछाने नेतृत्वमा अन्य प्रसूति रोग ...
। पाल्पामा विषालु च्याउबाट एक महिनामै तीन जनाको मृत्यु भएको छ । ११ जना बिरामीको उपचार भइरहेको छ । च्याउ सेवनबाट बिरामी परेका तानसेन नगरपालिका ८ कोकलका ८ वर्षीय बालकको जेठ ९ गते राति मृत्यु भएपछि एक महिनामै मृतकको संख्या तीन पुगेको हो । गत जेठ ३ गते च्याउ खाएर बिरामी भएका ती बालक सामान्य उपचारपछि घर ...
: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा यी दुवै उत्पादन नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको जनाएको हो। परीक्षणका क्रममा चाउचाउमा प्रयोग गरिएको एक्सट्राक्टेड फ्याटको एसिड भ्यालु ...
: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालीद्वारा उत्पादित क्रायकर बिस्कुट स्वास्थ्यका लागि हानिकारक भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा उक्त कम्पनीद्वारा उत्पादित ज्याक न्याक क्रयाकर्स ब्रान्डका बिस्कुटमा नेपाल सरकारले निर्धारण गरेको अनिवार्य गुणस्तर मापदण्डअनुसार नरहेको पाइएको जनाएको हो। परीक्षणका ...
। मुलुककै ठूलो तरकारी तथा फलफूल बजार कालीमाटी तरकारी बजारमा भित्रिएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि शुक्रबार कालीमाटी बजार ल्याइएको रायो सागमा ५५.७२३२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । केन्द्रीय कृषि प्रयोगशालाले शुक्रबार कालीमाटी तरकारी बजारका १३ पसलको १३ ...