मुख्य समाचार
सोमालियाले साउदी अरेरिबयासँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर
सोमालियाले साउदी अरेरिबयासँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर

— सोमालियाले साउदी अरेरिबयासँग सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । सोमालियाका रक्षामन्त्री अहमद मोअल्लीम फिकी र उनका साउदी समकक्षी राजकुमार खालिद बिन सलमान बिन अब्दुलअजीजबीच सोमबार रियादमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

सोमालियाको रक्षा मन्त्रालयले भनेको छ, “यो सम्झौताले दुई देशहरू बीचको रक्षा र सैन्य सहयोगको ढाँचालाई सुदृढ पार्ने उद्देश्य राखेको छ, र यसमा दुवै पक्षको रणनीतिक हितलाई पूरा गर्ने साझा हितका धेरै क्षेत्रहरू समावेश छन् ।’

राजकुमार खालिदले समाजिक सञ्जाल एक्समार्फत सम्झौता भएको बताएका छन् । तर, यस विषयमा बिस्तृत विवरण खुलाएका छैनन् । गत महिनात्रै सोमलिायले कतारसँग सुरक्षा सम्झौता गरेको थियो ।

सोमालियाबाट आफुलाई अलग घोषणा गरेको क्षेत्र सोमालिल्यान्डलाई गत डिसेम्बरमा इजरायलले नयाँ देशको मान्यता दिने घोषणा गरेको थियो । सोमालिल्यान्डलाई मान्यता दिने इजरायल विश्वकै पहिलो देश हो । इजरायलले यहाँ सैन्य अखडा खोलेर छिमेकी देशहरुमाथि आक्रमण गर्ने लक्ष्यले यस्तो काम गरेको आरोप सोमालियाले लगाउँदै आएको छ । सोमलियाका राष्ट्रपति हसन शेख मोहम्मदले. इजरायलको यस योजनालाई जसरी पनि विफल पारिने बताएका छन् ।

त्यसका लागि आफ्नो सुरक्षा अवस्था सुदृढ बनाउन क्षेत्रीय समर्थन खोजिरहेको छ । पूर्वी अफ्रिकी देश सोमलिया अरब लिगको सदस्य हो ।

यसैगरी सोमालियाले युएईसँगका सबै सम्झौताहरु गत महिना स्थगित गरेको थियो । जसमा बन्दरगाह सञ्चालन र सुरक्षा सम्झौता पर्छन् । सोमालिल्यान्डको स्वतन्त्रतालाई मान्यता दिने इजरायलको कदमलाई युएईले सहयोग गरेको सोमालियाको आरोप थियो ।

यसअघि सन् २०२० मा युएईले इजरायलसँग सन्धी गरेको सम्बन्ध सुधारेको थियो । डिसेम्बरमा अरब इस्लामिक देशहरुले सोमालिल्यान्डलाई मान्यता दिने इजरायको कदमको विरोधमा विज्ञप्ति निकाल्दा युएईले हस्ताक्षर गरेको थिएन । तर, गत जनवरीमा युएईले अफ्रिकी युनियनसँग मिलेर संयुक्त विज्ञप्ति निकाले थियो । यसमा सोमालियाको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुरक्षा र स्थायित्वलाई सम्मान गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम