मुख्य समाचार
सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा निर्माण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी
सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा निर्माण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी

— सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा निर्माण गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आइतबार यस्तो आदेश गरेको हो ।

सर्वोच्चले २०८२ साउन २० गते भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकबाट भएको निर्णय बमोजिम इम्बोस्ड नम्बर प्लेट अनिवार्य जडान गर्ने सम्बन्धी यातायात व्यवस्था विभागको भदौ ३ को सूचना अनुसार अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट बनाउने कार्य कार्यान्वयनमा रोक लगाएको हो ।

‘भदौ ३ मा मन्त्रीको अध्यक्षमा भएको निर्णय संवैधानिक र कानूनी व्यवस्थाको आलोकमा कार्यान्वयन नगर्नू/ नगराउनू भनी सर्वोच्च अदालत नियमावली, बमोजिम अन्तरिम आदेश जारी गरिएको छ’ सर्वोच्चको आदेशमा भनिएको छ ।

सर्वोच्चले २०७६ मंसिर २७ मा एम्बोस्ड नम्बर विवादमा एउटा फैसला सुनाएको थियो । उक्त फैसला हुनुभन्दा पहिले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को बुँदा १२ मा “इम्बोस्ड सवारी नम्बर प्लेटमा अक्षर र अङ्क अंग्रेजी लिपिमा हुनुपर्नेछ” भन्ने व्यवस्था रहेकोमा सो फैसला पश्चात २०८० बैशाख १४ मा संशोधन गरी “इम्बोस्ड सवारी नम्बर प्लेटमा रहने अक्षर र अङ्क नेपाल सरकारले निर्णय गरे बमोजिम देवनागरी लिपि वा अंग्रेजी लिपि वा दुवै लिपिको मिश्रीतमा हुनुपर्नेछ” भन्ने व्यवस्था राखी (नेपाल राजपत्र– खण्ड ७३, बैशाख १४ गते, २०८० साल, संख्या ३) मा सूचना प्रकाशित भएको देखिएको सर्वोच्चको आदेशमा भनिएको छ ।

तर संवैधानिक इजलासबाट फैसला भएपश्चात कानूनी व्यवस्था पनि संशोधन भई परिस्थितिमा परिवर्तन भएको देखिए पनि सरकारले अंग्रेजीमै इम्बोस्ड नम्बर जडान गर्न लागेको भन्दै दायर भएको रिटमा अन्तरिम आदेश जारी गरेर रोक लगाएको हो ।

‘यसरी संशोधित कानूनी व्यवस्था अनुसार इम्बोस्ड सवारी नम्वर प्लेटमा रहने अक्षर र अङ्कमा देवनागरी लिपिलाई पहिलो प्राथामिकतामा राखेको र भाषा आयोगले समेत देवनागरी लिपिमा विद्युतीय सङ्केत संख्या राख्न आयोगको २०८२ भदौ १ को बैठकले निर्णय गरी नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको प्रारम्भिक रुपमा देखिन आएको छ,’ आदेशमा भनिएको छ, ‘यही अवस्थामा सुविधा र सन्तुलनको दृष्टिकोणबाट समेतका आधारमा साउन २० गतेको निर्णय कार्यान्वयन नर्गनू ।’

नेपालको संविधानको धारा ३२ ले भाषा तथा संस्कृतिको मौलिक हकको सुनिश्चितता गरेको, धारा ७ को उपधारा (१) मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ भन्ने व्यवस्था रही सोही धाराको उपधारा (३) मा “भाषा सम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरेबमोजिम हुनेछ’’ भन्ने र संविधानको पालना गर्नु सबैको कर्तव्य हुने भनी धारा १ को उपधारा (२) मा व्यवस्था रहेको भन्दै सर्वोच्चको आदेशमा भनिएको छ । सरकारले अंग्रेजी भाषामा मात्र इम्बोष्ट नम्बर निर्माण गर्न लागेकाले रोक लगाउन माग गर्दै रामबहादुर राउतले रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: निर्वाचन आयोगले देशभरका ६ हजार ७४३ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज जारी गरेको विज्ञप्तिमा देशभरका सबै वडामा एक/एकजना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरी कार्यक्रम सञ्चालन गर्न लागिएको ...
: निर्वाचन आयोगले आगामी फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र पेस गर्न निर्देशन दिएको छ। आयोगले मंगलबार विज्ञप्ति जारी गरेर फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई घोषणापत्र पेस गर्न आयोगले निर्देशन दिएको हो। आयोगले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम फागुन ...
— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मंगलबार पश्चिम नवलपरासीको ११ वटा स्थानमा चुनावी कार्यक्रममा सहभागी भएका छन् । जिल्लाको मुख्य बजार क्षेत्र सुनवल, परासी, बेलासपुर, महेशपुर, भुजहवा, सूर्यपुरा, बेलाटारी, रुपौलिया, गोपिगञ्ज, जिमिरेभार र बर्दघाटमा मतदाता भेटघाट र चुनावी कार्यक्रममा उनी सहभागी भएका हुन् । जिल्ला प्रशासन कार्यालयले सोमबार आचारसंहिता विपरितका कार्यक्रम नगर्न सूचना प्रकाशित ...
: नेपाली कम्युनिष्ट पार्टीले नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप आफ्नो प्रतिबद्धता पत्रमा राजनीतिक स्थायित्व, शासकीय स्वरुप र संघीयता कार्यान्वयनलाई विशेष प्राथमिकता दिएको छ। वर्तमान निर्वाचन प्रणालीअन्तर्गत एकै पार्टीले बहुमत प्राप्त गरी पाँच वर्षसम्म सरकार चलाउने सम्भावना न्युन रहेकोले नेपाली जनताका विभिन्न कालखण्डका संघर्ष, बलिदान तथा पछिल्लो नवयुवा (जेनजी) पुस्ताको मर्म अनुरुप राजनीतिक स्थिरताका लागि संविधान ...
— काठमाडौं महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ । कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न महानगरको वार्षिक कार्यक्रमअन्तर्गत कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँइ र शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको रोहवरमा सम्झौता भएको हो । उक्त सम्झौतामा महानगरका तर्फबाट स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी ...