मुख्य समाचार
पूर्व हङकङ मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत २० वर्ष कैद सजाय सुनाइएको छ
पूर्व हङकङ मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत २० वर्ष कैद सजाय सुनाइएको छ

: पूर्व हङकङ मिडिया टाइकुन तथा प्रजातन्त्र समर्थक जिमी लाइलाई राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत २० वर्ष कैद सजाय सुनाइएको छ। यससँगै वर्षौं लामो कानुनी लडाइँ टुंगिएको छ, जसलाई बेइजिङले हङकङमाथि गरेको व्यापक दमनको प्रतीकका रूपमा हेरिएको छ।

७८ वर्षीय अर्बपति लाइ सन् २०२० मा चीनले हङकङमा लागू गरेको कठोर राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत अभियोग लगाइएका सबैभन्दा 'हाइ प्रोफाइल' आलोचकहरूमध्ये एक हुन्। यो सजाय उक्त कानुनअन्तर्गत सुनाइएको अहिलेसम्मकै सबैभन्दा लामो सजाय भएको सीएनएनले उल्लेख गरेको छ।

यस फैसलापछि लाइको रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय स्तरमा दबाब बढेको छ। पश्चिमी देशका नेताहरूले नजिकबाट नियालिरहेको यस मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत यसअघि 'जिमी लाइलाई बाहिर निकाल्ने' प्रतिबद्धता व्यक्त गरेका थिए। ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्न चीन जाने अपेक्षा गरिएको छ, जहाँ लाइका समर्थकहरूले यो मुद्दा उठाउन दबाब दिने तयारी गरेका छन्।

लाइका छोरा सेबास्टियन लाइले उक्त सजायलाई 'अमानवीय र जीवनका लागि खतरा' भएको बताएका छन्। उनकी छोरी क्लेयर लाइले पनि यसलाई 'अत्यन्तै हृदयविदारक र निर्दयी' निर्णयको संज्ञा दिइन्। 'बुबाको स्वास्थ्य दिनप्रतिदिन खस्कँदै गएको देखिरहेकी छु। उनलाई राखिएको अवस्था झन् खराब हुँदै गएको छ। यदि यो सजाय कार्यान्वयन भयो भने, मेरो बुबाको जेलमै सहिद बन्नुहुन्छ,' उनले भनिन्।

लाइ प्रजातन्त्र समर्थक ट्याब्लोइड पत्रिका एप्पल डेली का संस्थापक पनि हुन्। जुन यसअघि नै बन्द भइसकेको छ। उनले हङकङको स्वतन्त्रताको पक्षमा खुलेर वकालत गर्दै आएका थिए। बेइजिङ र हङकङ प्रशासनले भने लाइको मुद्दालाई लिएर आएको अन्तर्राष्ट्रिय आलोचना अस्वीकार गर्दै उनको गिरफ्तारी राजनीतिक उद्देश्यबाट प्रेरित नभएको दाबी गरेका छन्। प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको आरोपलाई पनि उनीहरूले खारेज गरेका छन्। अधिकारीहरूका अनुसार जेलमा लाइलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

हङकङका मुख्य कार्यकारी जोन लीले सोमबार भने, 'लाइले एप्पल डेली प्रयोग गरेर नागरिकहरूको दिमाग विषाक्त बनाए, घृणा फैलाए, तथ्य बङ्ग्याए, समाजमा विभाजन सिर्जना गरे, हिंसाको प्रशंसा गरे र चीन तथा हङकङ विशेष प्रशासनिक क्षेत्रमाथि प्रतिबन्ध लगाउन विदेशी शक्तिहरूसँग खुलेआम गुहार मागे।' डिसेम्बरमा अदालतले लाइलाई दुई राष्ट्रिय सुरक्षा मुद्दा र एक देशद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गरेको थियो। सोमबार सजाय सुनाउँदा सेतो ज्याकेट लगाएका, दुब्लाउँदै देखिएका लाइले हल्का मुस्कान दिएका थिए।

अदालतमा प्रवेश गर्नु अघि उनले दर्शकदीर्घातर्फ हात जोडेर अभिवादन गरेका थिए। त्यहाँ उनका एप्पल डेलीका छ जना पूर्व सहकर्मी पनि सजायको प्रतीक्षामा थिए। ती सहकर्मीहरूलाई पनि ६ वर्ष ९ महिना देखि १० वर्षसम्मको जेल सजाय सुनाइएको छ। एप्पल डेली र यससँग सम्बन्धित कम्पनीहरूलाई ६० लाख हङकङ डलर (करिब ७ लाख ६७ हजार अमेरिकी डलर) जरिवाना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम