मुख्य समाचार
नेपालमा सबैभन्दा बढी नवजात शिशु मृत्यु दर सुदूरपश्चिम प्रदेशमा
नेपालमा सबैभन्दा बढी नवजात शिशु मृत्यु दर सुदूरपश्चिम प्रदेशमा

: नेपालमा सबैभन्दा बढी नवजात शिशु मृत्यु दर सुदूरपश्चिम प्रदेशमा रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षणका अनुसार सुदूरपश्चिम प्रदेशमा एक हजारमा २६ जना नवजात शिशुको मृत्यु हुने गरेको छ।


त्यस्तै सबैभन्दा कम बागमती प्रदेशमा प्रतिहजार १० जना छन्। त्यस्तै शिशु मृत्युदर पनि सबैभन्दा धेरै सुदूरपश्चिमै रहेको छ। तथ्यांक कार्यालयका अनुसार प्रति सुदूरपश्चिममा ३८ जना शिशुको मृत्यु हुने गरेको छ। बागमती प्रदेशमा मा सबैभन्दा कम १७ जनाको मृत्यु हुने गरेको छ।



त्यस्तै ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर पनि सबैभन्दा धेरै सुदूरपश्चिममै रहेको छ। सुदूरपश्चिममा प्रतिहजार ४८ जना बालबालिकाको मृत्यु हुँदा सबैभन्दा कम गण्डकी प्रदेशमा २० जना रहेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको सर्वेक्षणमा उल्लेख छ।



त्यस्तै एक वर्ष उमेर नपुग्दै मृत्यु हुने शिशुहरूको संख्या २७ रहेको छ। त्यस्तै ५ वर्षमुनिका बालबालिकाको मृत्यु दर प्रतिहजार ३१ जना र नवजात शिशुहरूको १ महिना उमेर नपुग्दै मृत्यु हुनेको संख्या १७ रहेको सर्वेक्षणमा उल्लेख छ। त्यस्तै नेपालको कूल प्रजनन् दर सन्दर्भमा १५ देखि ४९ वर्ष समूहका प्रति महिलाले १.९ जीवित बच्चा जन्माएको सर्वेक्षणमा उल्लेख छ।

त्यस्तै ५ वर्षमुनिका बालबालिकाहरूमध्ये कम तौल भएका २४.३ प्रतिशत र कम उचाइ भएका ३१.५ प्रतिशत रहेका छन्। त्यस्तै उचाइअनुसार तौल नभएका बालबालिकाहरू ७.६ प्रतिशत छन्। उमेरअनुसार तौल नभएका सबैभन्दा बढी मधेस प्रदेशमा ३३.२ प्रतिशत रहेका छन् भने बागमती प्रदेशमा सबैभन्दा कम ९.६ प्रतिशत रहेका छन्।

त्यस्तै ३ जना आमाहरूले २ जनालेमात्रै आफ्नो बच्चालाई ६ महिनासम्म दूध खुवाउने गरेको पाइएको छ। जसमा सबैभन्दा बढी सुदूरपश्चिममा ७६.६ प्रतिशत र त्यसपछि मधेसमा ७२.३ र कर्णालीमा ७१.६ प्रतिशत रहेका छन्।

त्यस्तै १२-२३ महिनाका ८०.७ प्रतिशत बालबालिकाले मात्र पहिलो वर्षमा सबै खोप पूर्ण मात्रामा लिएको पाइएको छ। त्यस्तै ३६-५९ महिनाका बालबालिकाहरूमध्ये ५७.९ प्रतिशतमात्रै प्रारम्भिक बाल शिक्षा कार्यक्रममा जाने गरेको सर्वेक्षणमा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम